मुख्य समाचार
अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना
अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना

— अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो अमेरिकाको एरिजोना राज्यको स्कटस्टेल विमानस्थलमा भिन्सको विमान दुर्घटना भएको हो ।


अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)का अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भिन्सका प्रतिनिधि वोरिक रोबिन्सले विज्ञप्ति जारी गर्दै भिन्सको विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर फेल हुँदा धावनमार्गमा चिप्लिएर पार्किङमा राखिएको गल्फस्ट्रिम २०० जेटसँग ठोक्किएर दुर्घटनामा परेको बताएका छन् ।


‘विमानमा दुई पाइलट र दुई यात्रु थिए । तर, भिन्स विमानमा थिएनन्,’ रोबिन्सले विज्ञप्तिमा उल्लेख गरेको एपीले जनाएको छ । एपीका अनुसार दुर्घटनामा मृत्यु र घाइतेको संख्या सार्वजनिक गरे पनि हालसम्म नाम खुलाइएको छैन ।

यसअघि ११ दिनको अवधिमा तीन विमान दुर्घटनामा ८४ जनाको मृत्यु भएको थियो । गतसाता जनवरी २९ मा राजधानी वासिङ्टन डीसी, फ्रेबुअरी १ मा पेन्सिलभेनिया र फ्रेबुअरी ८ मा अलस्कामा विमान दुर्घटना भएको थियो ।

वासिङ्टन डीसीमा ६७, पेन्सिलभेनियामा ७ र अलस्कामा १० जनाको मृत्यु भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)ले पुष्टि गरेको थियो । एफएएका अनुसार तीनवटै दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परिसकेको र तीव्र रुपमा अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...