मुख्य समाचार
अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना
अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना

— अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो अमेरिकाको एरिजोना राज्यको स्कटस्टेल विमानस्थलमा भिन्सको विमान दुर्घटना भएको हो ।


अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)का अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भिन्सका प्रतिनिधि वोरिक रोबिन्सले विज्ञप्ति जारी गर्दै भिन्सको विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर फेल हुँदा धावनमार्गमा चिप्लिएर पार्किङमा राखिएको गल्फस्ट्रिम २०० जेटसँग ठोक्किएर दुर्घटनामा परेको बताएका छन् ।


‘विमानमा दुई पाइलट र दुई यात्रु थिए । तर, भिन्स विमानमा थिएनन्,’ रोबिन्सले विज्ञप्तिमा उल्लेख गरेको एपीले जनाएको छ । एपीका अनुसार दुर्घटनामा मृत्यु र घाइतेको संख्या सार्वजनिक गरे पनि हालसम्म नाम खुलाइएको छैन ।

यसअघि ११ दिनको अवधिमा तीन विमान दुर्घटनामा ८४ जनाको मृत्यु भएको थियो । गतसाता जनवरी २९ मा राजधानी वासिङ्टन डीसी, फ्रेबुअरी १ मा पेन्सिलभेनिया र फ्रेबुअरी ८ मा अलस्कामा विमान दुर्घटना भएको थियो ।

वासिङ्टन डीसीमा ६७, पेन्सिलभेनियामा ७ र अलस्कामा १० जनाको मृत्यु भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)ले पुष्टि गरेको थियो । एफएएका अनुसार तीनवटै दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परिसकेको र तीव्र रुपमा अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...