मुख्य समाचार
मस्कले ४४ अर्बमा किनेको एक्सको मूल्य ९.७४ अर्ब !
मस्कले ४४ अर्बमा किनेको एक्सको मूल्य ९.७४ अर्ब !

— अमेरिकी अर्बपति इलन मस्क नेतृत्वका लगानीकर्ताले च्याटजीपीटीको माउ कम्पनी ओपनएआई खरिद गर्ने प्रस्ताव गरेसँगै ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले कडा जवाफ फर्काएका छन् । मस्कको टोलीले ९७ अर्ब अमेरिकी डलरमा ओपनएआई खरिद गर्ने प्रस्ताव राखेको हो ।


अल्टम्यानले प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै मस्कको सामाजिक सञ्जाल एक्स खरिद गर्ने प्रस्ताव राखेका छन् । तर मस्कले ४४ अर्ब डलरमा किनेको एक्सलाई उनले जम्मा ९ अर्ब ७४ करोड मात्र दिने बताएका छन् । ‘धन्यवाद । तर तिमी चाहन्छौ भने हामी ९.७४ अर्बमा ट्विटर (एक्स) खरिद गर्छौं,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । सन् २०२२ मा ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि उनले नाम फेरेर एक्स राखेका हुन् ।


अमेरिकी सञ्चार माध्यमहरूका अनुसार मस्क र उनको एआई स्टार्टअप एक्सएआईसहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिएर पुन: गैरनाफामुखी कम्पनीका रूपमा चलाउन खोजेको हो । समाचार संस्था एपीका अनुसार एक्सएआईसँगै ब्यारन क्यापिटल ग्रुप, इम्यानुअल क्यापिटल लगायतले ओपनएआई खरिदको प्रस्ताव राखेका हुन् ।

मस्कले सन् २०२४ मा दुई पटक ओपनएआई खरिदको प्रस्ताव राखेका थिए । मस्कले ओपनएआईलाई आफ्नो मूल सिद्धान्तबाट अलग भएको र व्यापारमा केन्द्रित भएको बताउने गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसा ओपनएआईको हालको बजार मुल्य १ खर्ब ५७ अर्ब अमेरिकी डलर छ ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
सबै हेर्नुहोस्
मस्क र अल्टम्यानले २०१५ मा संयुक्त रूपमा ओपनएआई स्थापना गरेका थिए । तर नेतृत्वका विषयमा विवाद भएपछि मस्कले २०१८ मा ओपनएआईबाट बाहिरिएका थिए । त्यसयता ओपनएआईको विषयमा मस्क र अल्टम्यानबीच विवाद जारी छ । यसबारे मस्कले दायर गरेको मुद्दा अमेरिकी अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...