मुख्य समाचार
मस्कले ४४ अर्बमा किनेको एक्सको मूल्य ९.७४ अर्ब !
मस्कले ४४ अर्बमा किनेको एक्सको मूल्य ९.७४ अर्ब !

— अमेरिकी अर्बपति इलन मस्क नेतृत्वका लगानीकर्ताले च्याटजीपीटीको माउ कम्पनी ओपनएआई खरिद गर्ने प्रस्ताव गरेसँगै ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले कडा जवाफ फर्काएका छन् । मस्कको टोलीले ९७ अर्ब अमेरिकी डलरमा ओपनएआई खरिद गर्ने प्रस्ताव राखेको हो ।


अल्टम्यानले प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै मस्कको सामाजिक सञ्जाल एक्स खरिद गर्ने प्रस्ताव राखेका छन् । तर मस्कले ४४ अर्ब डलरमा किनेको एक्सलाई उनले जम्मा ९ अर्ब ७४ करोड मात्र दिने बताएका छन् । ‘धन्यवाद । तर तिमी चाहन्छौ भने हामी ९.७४ अर्बमा ट्विटर (एक्स) खरिद गर्छौं,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । सन् २०२२ मा ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि उनले नाम फेरेर एक्स राखेका हुन् ।


अमेरिकी सञ्चार माध्यमहरूका अनुसार मस्क र उनको एआई स्टार्टअप एक्सएआईसहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिएर पुन: गैरनाफामुखी कम्पनीका रूपमा चलाउन खोजेको हो । समाचार संस्था एपीका अनुसार एक्सएआईसँगै ब्यारन क्यापिटल ग्रुप, इम्यानुअल क्यापिटल लगायतले ओपनएआई खरिदको प्रस्ताव राखेका हुन् ।

मस्कले सन् २०२४ मा दुई पटक ओपनएआई खरिदको प्रस्ताव राखेका थिए । मस्कले ओपनएआईलाई आफ्नो मूल सिद्धान्तबाट अलग भएको र व्यापारमा केन्द्रित भएको बताउने गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसा ओपनएआईको हालको बजार मुल्य १ खर्ब ५७ अर्ब अमेरिकी डलर छ ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
सबै हेर्नुहोस्
मस्क र अल्टम्यानले २०१५ मा संयुक्त रूपमा ओपनएआई स्थापना गरेका थिए । तर नेतृत्वका विषयमा विवाद भएपछि मस्कले २०१८ मा ओपनएआईबाट बाहिरिएका थिए । त्यसयता ओपनएआईको विषयमा मस्क र अल्टम्यानबीच विवाद जारी छ । यसबारे मस्कले दायर गरेको मुद्दा अमेरिकी अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...