मुख्य समाचार
‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयरगिभरलाई लैजाने घोषणा
‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयरगिभरलाई लैजाने घोषणा

: जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयरगिभरलाई लैजाने घोषणा गरेको हो।


कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाई कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ।



१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन्। जापानको केयर गिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन। जापानी भाषाको आधारभूत ज्ञान एन–फोर लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू जापानको केयर गिभिङ क्षेत्रमा जान पाउनेछन्।

भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने पीएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताए। यसरी छानिएकाहरूलाई नेपालमा नै केयरगिभरका लागि आवश्यक सूचनाप्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ। यसरी छानिएका नेपाली केयरगिभरलाई जापानी कम्पनी पीएसएस खाइगोले जापानका विभिन्न स्थानमा रोजगारी दिनेछ। जापानमा केयरगिभरको काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्ने जानकारी दिइएको छ।

कार्यक्रमले नेपालीहरूलाई जापानको रोजगारीमात्र नभएर नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा तालिम पनि प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सान्दिपनीका कार्यकारी निर्देशक ओझाले जानकारी दिए। यसरी जापान जानेहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्। त्यसपछि नेपाल फर्कन उनीहरूलाई प्रोत्साहन गरिनेछ।

‘जापानमा केयरगिभरको काम गरी नेपाल फर्किएका युवालाई नेपालमा नै केयरगिभिङ सेन्टर स्थापना गर्न प्रोत्साहन गरिनेछ,’ जापानमा विभिन्न कम्पनीहरूलाई कामदार उपलब्ध गराउँदै आएको ओझाले भने। यस कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवामा उपयोग हुने जापानमा विकसित उपकरणको उपयोगिता बढाउने पनि लक्ष्य राखिएको छ। सन्दिपनी ग्रुप अफ कम्पनीजले कार्यक्रमले नेपाली युवाहरूको पेशागत विकास, अन्तर्राष्ट्रिय अनुभव र नेपाल–जापान सम्बन्ध विस्तारका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...
। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै ‘युद्ध राज्य’ मा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको ...
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...