मुख्य समाचार
अमेरिकाबाट थप ४ नेपाली निष्काशित
अमेरिकाबाट थप ४ नेपाली निष्काशित

: अमेरिकामा डोनाल्ड ट्रप्पले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै अवैधरुपमा बसेका आप्रवासीहरूलाई निष्काशन गर्ने निर्णय गरे। अवैध आप्रवासीलाई निष्काशन गर्ने निर्णय गरेसँगै नेपालीलगायत गैरकानुनी ढंगले अमेरिकाका विभिन्न स्थानमा बसेका आप्रवासीहरू त्यहाँको सुरक्षाकर्मीको निगरानीमा परेका छन्। अवैध आप्रवासी मात्रै निगरानीमा परेनन् उनीहरुलाई रोजगार दिने कम्पनीहरू समेत अमेरिकी सुरक्षाकर्मीको निगरानीमा छन्।


अहिले अमेरिकामा रहेका रोजगारदाता कम्पनीहरुले अवैधरुपमा बसेका आप्रवासीहरूलाई काम दिन अप्ठयारो मान्न थालेका छन्। मानवीय कारण देखाएर कसैले अवैध आप्रवासीलाई काम दिइहाले पनि धेरै कम्पनीहरूले काम दिन अस्वीकार गर्न थालेका छन्। पछिल्लो पटक अवैध रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूलाई समेत भटाभट निष्काशन गर्न थालेको छ। प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि (ओभर स्टे) समेत लुकीछिपी बसेका नेपालीहरुको दैनिक जनजीवन पनि कष्टकर बनेको छ। काम गरौं दिनहुँ जसो सुरक्षाकर्मीको निगरानी, काम नगरौं दैनिक गुजारा चलाउन धौ-धौ पर्न थालेको छ अहिले अवैध बसेका आप्रवासीहरूलाई अमेरिकामा। नेपालीहरू समेत त्यसकै मारमा परेका छन्।

कानुनीरुपमा बसेका केही नेपालीहरूले कागजपत्र नभएका नेपालीहरूमाथि विभिन्न खालका शोषण समेत गरेका छन्।


कतिपयले यसै पक्राउ पर्ने, उसै पक्राउ पर्ने भन्दै लुकीछिपी काम गरिरहेका छन्। तर अहिले कागजपत्र नभएकाहरुलाई रोजगारदाता कम्पनीले नै काम नदिने भनेपछि उनीहरू समेत अप्ठ्यारोमा परेका छन्। उनीहरूमा मानसिक तनाव समेत बढेको त्यहाँका एक नेपालीले अन्नपूर्णलाई जानकारी गराए।

अमेरिकी नागरिक भइसकेका वा ग्रीन कार्ड पाइसकेका नेपालीहरू समेत कागजपत्र नभएकाहरुलाई सहयोग गर्न डराउन थालेका छन्। उनीहरुलाई सहयोग गर्दा उल्टै आफैँमाथि कारबाही हुने हो की भनेर उनीहरू समेत आतंकित छन्। हालै सार्वजनिक भएको तथ्यांक अनुसार, अमेरिकी सरकारले १ हजारभन्दा बढी अवैध बसेका नेपालीहरूलाई निष्काशन गर्ने तयारी गरेको छ। कतिपय त्यस्ता नेपालीहरु पक्राउ परिसकेका छन्। अहिले पक्राउ परेकाहरूलाई अमेरिकाले नियमित उडानबाट नेपाल पठाइरहेको छ भने अन्य केहीलाई चार्टर विमानबाट नेपाल पठाउने तयारी गरेको न्यूयोर्कमा रहेका नेपाली अगुवाले अन्नपूर्णलाई बताए। उनले आफ्नो नाम समेत बताउन चाहेनन्।

कानुनीरुपमा बसेका केही नेपालीहरूले कागजपत्र नभएका नेपालीहरूमाथि विभिन्न खालका शोषण समेत गरेका छन्। अमेरिकाको नागरिक भइसकेका वा ग्रीनकार्ड लिइसकेका केही नेपालीहरूले पक्राउ पर्नबाट जोगाइदिने भन्दै कागजपत्र नभएका नेपालीहरुबाट पैसा लिएर अमानवीय र निकृष्ट व्यवहार समेत देखाउन थालेका छन्।

अहिले अमेरिकामा रहेका रोजगारदाता कम्पनीहरुले अवैधरुपमा बसेका आप्रवासीहरूलाई काम दिन अप्ठयारो मान्न थालेका छन्।
लामो समयदेखि न्यूयोर्क बस्दै एक नेपालीका अनुसार, आफूले भने जस्तो पैसा नदिए अवैध रुपमा काम गरिरहेको नेपाली र उनीहरूको कम्पनीको सूचना स्थानीय प्रहरीलाई नेपालीले नै दिने गरेका छन्। न्यूयोर्क बस्दै आएका ती नेपालीले अन्नपूर्णसँग भने, ‘समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु पर्ने ठाउँमा कतिपय अमेरिकी राहदानी वा ग्रीनकार्ड पाइसकेका नेपालीहरूले नै गैरकानुनी रुपमा बसेका नेपालीहरूमाथि नै शोषण गरिरहेका छन्।’

गत साताको अमेरिकाले थप ४ जना जना नेपालीलाई निष्काशन गरेको छ। गत साताको अन्त्यतिर अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ४ जनालाई निष्काशन गरेको हो। निष्काशित हुनेहरूमा खत्री, खड्का, थापा र भट्टराई थर भएका पुरुष छन्। उनीहरू कहिले अमेरिका गएका हुन भन्नेबारेमा केही खुल्न सकेका छैन। अवैध रुपमा बसेको आरोपमा उनीलाई अमेरिकी सुरक्षा अधिकारीले पक्राउ गरेको हो।

अमेरिकाले उनीहरुलाई एयर इन्डियाको नियमित उडानबाट पठाएको छ। निष्काशित भएका खत्री र खड्का थर भएका व्यक्तिसँग राहदानीसमेत थिएन। भट्टराई र थापा थर भएका व्यक्ति भने आफ्नो राहदानीमा नै फर्किएका छन्। अमेरिकाले राहदानी नभएका दुई जनालाई ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो। अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...
। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ ...
। एकै वर्षमा कम्बोडियाबाट चार सय नेपालीको उद्धार गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो ...
। मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको नयाँ मागपत्र प्रमाणीकरण प्रक्रियामा कडाइ गर्न थालेको छ । श्रमिकको सेवा–सुविधा सुनिश्चित गर्न रोजगारदाताले आवश्यक कागजात र विवरण स्पष्ट रूपमा पेस गरेपछि मात्र मागपत्र प्रमाणीकरण गर्न थालिएको दूतावासले जनाएको छ । मलेसियास्थित नेपाली दूतावासका काउन्सिलर (श्रम) कृष्णप्रसाद भुसालका अनुसार रोजगारदाताले नेपाली श्रमिकको राहदानीको अवस्था, बैंकमार्फत तलब भुक्तानी भएको पे–स्लिप, साप्ताहिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम