मुख्य समाचार
कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने गरी आममाफी
कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने गरी आममाफी

— कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने गरी आममाफी दिएको छ । स्वदेश फिर्ने क्रममा उनीहरूले कतार सरकारलाई जरिवाना तिर्नु वा घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा बस्नुपर्ने छैन ।


कतारको आन्तरिक मन्त्रालयद्वारा आइतबार जारी सूचनाअनुसार त्यहाँको आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिक स्वदेश फर्कन पाउनेछन् ।


श्रमिकले अर्को रोजगारदाताको स्वीकृतिमा परिचयपत्र बनाएर बस्न पाउने वा नपाउनेबारे भने प्रस्ट खुलाइएको छैन । यसअघि घोषणा गरिएको आममाफीमा श्रमिकलाई स्वदेश फिर्ने वा वैधानिक हैसियत भएरकतारमै बस्न पाइने विकल्प दिइएको थियो ।

बिनासजाय स्वदेश फर्कन पाउने यो व्यवस्था आइतबार (२७ माघ) देखि नै लागू भएको हो । स्वदेश फर्कनका लागि श्रमिकले साल्वा रोडस्थित सर्च एन्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सम्पर्क गर्न सक्नेछन् ।

आममाफी पाउने आफ्नो मुलुकका श्रमिकका लागि नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । कतारमा आवासीय कानुन उल्लंघन गरेर बस्ने नेपाली श्रमिकको यकिन तथ्यांक भने नभएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...