मुख्य समाचार
नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि सर्वोच्च अदालतले ५ वर्षपछि निकास दिएपछि वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली
नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि सर्वोच्च अदालतले ५ वर्षपछि निकास दिएपछि वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली

: वीरगन्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि सर्वोच्च अदालतले ५ वर्षपछि निकास दिएपछि वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली मनाइएको छ।


सोमबार साँझ नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक समाजका अगुवा,राजनीतिक दलका नेताकार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले घण्टाघर चोकमा दीप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन्।

नारायणी अस्पतालमा सरकारले पाँच वर्ष पहिले नै ५ सय शय्याको भवन निर्माण गर्ने भनेर आवश्यक बजेट निकास गरे पनि सहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनी बीचको विवादका कारण उक्त मुद्दा सर्वोच्च अदालतमा अड्किएर बसेको थियो। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र सुनिल पोखरेलको संयुक्त इजलासले विभागको पक्षमा फैसला गर्दै भवन निर्माणको नयाँ प्रक्रिया थाल्न बाटो खोलिदिएपछि वीरगन्जवासीले त्यसैको खुशीयालीमा दीप प्रज्वलन गरेका हुन्।



दीप प्रज्वलन कार्यक्रममा सहभागी भवन निर्माण संघर्ष समितिका संयोजक समेत रहेका नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले सर्वोच्च अदालतको फैसलाले सम्पूर्ण वीरगन्जवासी हर्षित भएको बताए। उनले भने,‘५ वर्षसम्म अन्योलमा रहेको अस्पतालको भवन अब बन्छ भन्ने विश्वास जागेको छ। तर हामीले अब भवन निर्माणको नयाँ प्रक्रिया तत्काल थाल्न सरकारलाई खबरदारी गरिरहन्छौं। भवन निर्माणको काम सुरु नभएसम्म हाम्रो दबाब र खबरदारी निरन्तर जारी रहन्छ।’

पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताए। उनले भने,‘वीरगन्जका हकमा अन्य महत्वाकांक्षी परियोजनाका मुद्दा सर्वोच्चमा वर्षौंदेखि विचाराधीन छन्। अब ती मुद्दाको पनि सर्वोच्चले छिट्टै छिनोफानो गरिदिनुपर्छ।’ त्यसका लागि पनि वीरगन्जवासीले यस्तै दबाब र खबरदारी अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो।

नारायणी अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले नारायणी अस्पतालको पक्षमा आएको सर्वोच्च अदालतको फैसला सम्पूर्ण वीरगन्जवासीका लागि खुशीको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए