मुख्य समाचार
नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि सर्वोच्च अदालतले ५ वर्षपछि निकास दिएपछि वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली
नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि सर्वोच्च अदालतले ५ वर्षपछि निकास दिएपछि वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली

: वीरगन्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि सर्वोच्च अदालतले ५ वर्षपछि निकास दिएपछि वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली मनाइएको छ।


सोमबार साँझ नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक समाजका अगुवा,राजनीतिक दलका नेताकार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले घण्टाघर चोकमा दीप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन्।

नारायणी अस्पतालमा सरकारले पाँच वर्ष पहिले नै ५ सय शय्याको भवन निर्माण गर्ने भनेर आवश्यक बजेट निकास गरे पनि सहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनी बीचको विवादका कारण उक्त मुद्दा सर्वोच्च अदालतमा अड्किएर बसेको थियो। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र सुनिल पोखरेलको संयुक्त इजलासले विभागको पक्षमा फैसला गर्दै भवन निर्माणको नयाँ प्रक्रिया थाल्न बाटो खोलिदिएपछि वीरगन्जवासीले त्यसैको खुशीयालीमा दीप प्रज्वलन गरेका हुन्।



दीप प्रज्वलन कार्यक्रममा सहभागी भवन निर्माण संघर्ष समितिका संयोजक समेत रहेका नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले सर्वोच्च अदालतको फैसलाले सम्पूर्ण वीरगन्जवासी हर्षित भएको बताए। उनले भने,‘५ वर्षसम्म अन्योलमा रहेको अस्पतालको भवन अब बन्छ भन्ने विश्वास जागेको छ। तर हामीले अब भवन निर्माणको नयाँ प्रक्रिया तत्काल थाल्न सरकारलाई खबरदारी गरिरहन्छौं। भवन निर्माणको काम सुरु नभएसम्म हाम्रो दबाब र खबरदारी निरन्तर जारी रहन्छ।’

पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताए। उनले भने,‘वीरगन्जका हकमा अन्य महत्वाकांक्षी परियोजनाका मुद्दा सर्वोच्चमा वर्षौंदेखि विचाराधीन छन्। अब ती मुद्दाको पनि सर्वोच्चले छिट्टै छिनोफानो गरिदिनुपर्छ।’ त्यसका लागि पनि वीरगन्जवासीले यस्तै दबाब र खबरदारी अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो।

नारायणी अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले नारायणी अस्पतालको पक्षमा आएको सर्वोच्च अदालतको फैसला सम्पूर्ण वीरगन्जवासीका लागि खुशीको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...