मुख्य समाचार
कतारद्वारा कागजातविहीन आप्रवासीलाई आममाफी, स्वदेश फिर्ता हुन तोकियो समय–सीमा
कतारद्वारा कागजातविहीन आप्रवासीलाई आममाफी, स्वदेश फिर्ता हुन तोकियो समय–सीमा

— कतारले आवासीय भिसाको समय नाघेर कागजातविहीन भएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र बिनासजाय स्वदेश फिर्ता हुन पाउने गरी आममाफी दिएको छ । आज आइतबारदेखि नै आममाफीको नियम लागू हुने गरी घोषणा भएको हो ।


कतारको आन्तरिक मन्त्रालयद्वारा जारी सूचनाअनुसार त्यहाँको आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिक स्वदेश फिर्ता हुन पाउने भएका हुन् । अब स्वदेश फिर्ता हुनका लागि उनीहरूले कतार सरकारलाई कुनै पनि किसिमको जरिवाना तिर्न वा डिपोर्टटेसन सेन्टर (घरफिर्ती केन्द्र)मा बस्नुपर्ने छैन ।


कतारले परिचय पत्र नबनाएका, भिसाको म्याद नाघेका वा नवीकरण नभएका श्रमिकले अर्को रोजगारदाताको स्वीकृतिमा परिचय पत्र बनाएर बस्न पाइने वा नपाइने विषय भने प्रस्ट रूपमा खुलाएको छैन । यसअघिको आममाफीमा श्रमिकलाई स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत बनाएर कतारमै बस्न पाइने विकल्प दिइएको थियो ।

कतारद्वारा स्वदेश फिर्ताका लागि साल्वा रोडस्थित सर्च एण्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजेदेखि राती ९ बजेसम्म सम्पर्क गर्न सक्ने जनाइएको छ ।

यो आममाफीमा राहदानी नभएका श्रमिकको हकमा नेपाली दूतावासले आवश्यक सहजीकरण गर्ने जनाइएको छ । कतारमा नेपाली आवासीय कानुन उल्लंघन गरेर बस्ने नेपाली श्रमिकको संख्या यकिन नभएको नेपाली दूतावासले जनाएको छ ।

कतार सरकारले कम्पनी परिवर्तन गर्न पाइने, राहदानी आफैं राख्न पाइने र स्वदेश फिर्ता हुन एक्जिट परमिट हटाएपछि कागजातविहीन भएर बस्ने नेपाली श्रमिकको संख्या घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...