मुख्य समाचार
कतारद्वारा कागजातविहीन आप्रवासीलाई आममाफी, स्वदेश फिर्ता हुन तोकियो समय–सीमा
कतारद्वारा कागजातविहीन आप्रवासीलाई आममाफी, स्वदेश फिर्ता हुन तोकियो समय–सीमा

— कतारले आवासीय भिसाको समय नाघेर कागजातविहीन भएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र बिनासजाय स्वदेश फिर्ता हुन पाउने गरी आममाफी दिएको छ । आज आइतबारदेखि नै आममाफीको नियम लागू हुने गरी घोषणा भएको हो ।


कतारको आन्तरिक मन्त्रालयद्वारा जारी सूचनाअनुसार त्यहाँको आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिक स्वदेश फिर्ता हुन पाउने भएका हुन् । अब स्वदेश फिर्ता हुनका लागि उनीहरूले कतार सरकारलाई कुनै पनि किसिमको जरिवाना तिर्न वा डिपोर्टटेसन सेन्टर (घरफिर्ती केन्द्र)मा बस्नुपर्ने छैन ।


कतारले परिचय पत्र नबनाएका, भिसाको म्याद नाघेका वा नवीकरण नभएका श्रमिकले अर्को रोजगारदाताको स्वीकृतिमा परिचय पत्र बनाएर बस्न पाइने वा नपाइने विषय भने प्रस्ट रूपमा खुलाएको छैन । यसअघिको आममाफीमा श्रमिकलाई स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत बनाएर कतारमै बस्न पाइने विकल्प दिइएको थियो ।

कतारद्वारा स्वदेश फिर्ताका लागि साल्वा रोडस्थित सर्च एण्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजेदेखि राती ९ बजेसम्म सम्पर्क गर्न सक्ने जनाइएको छ ।

यो आममाफीमा राहदानी नभएका श्रमिकको हकमा नेपाली दूतावासले आवश्यक सहजीकरण गर्ने जनाइएको छ । कतारमा नेपाली आवासीय कानुन उल्लंघन गरेर बस्ने नेपाली श्रमिकको संख्या यकिन नभएको नेपाली दूतावासले जनाएको छ ।

कतार सरकारले कम्पनी परिवर्तन गर्न पाइने, राहदानी आफैं राख्न पाइने र स्वदेश फिर्ता हुन एक्जिट परमिट हटाएपछि कागजातविहीन भएर बस्ने नेपाली श्रमिकको संख्या घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...