मुख्य समाचार
डेब्यूमै १५० रन बनाउने पहिलो खेलाडी
डेब्यूमै १५० रन बनाउने पहिलो खेलाडी

। दक्षिण अफ्रिकाका ओपनिङ ब्याटर म्याथ्यु ब्रिजके एकदिवसीय क्रिकेटको डेब्यु खेलमै १५० रन प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । सोमबार भइरहेको न्युजिल्याण्डसँगको खेलमा डेब्यू गरेका उनले १५० रन बनाएर यो कीर्तिमान बनाएका हुन् ।

२६ वर्षीय ब्रिजकेले १४८ बलको सामना गर्दा ११ चौका र ५ छक्का प्रहार गरेका थिए । उनी १५० रनमा खेलिरहँदा म्याट हेनरीको बलमा स्ल्याप शट खेल्ने क्रममा माइकल ब्रेसवेलको हातबाट समातिएका थिए ।

उनको डेब्यूमै खेलेको उत्कृष्ट पारीको विपक्षी टिम न्युजिल्याण्डका खेलाडीहरूले पनि प्रशंसा गरेका थिए । टी-२०आईमा १० खेल खेलिसकेका उनले एकदिवसीयमा पहिलो खेल खेलेका हुन् ।

एकदिवसीय क्रिकेट डेब्यूमा सर्वाधिक स्कोर वेस्ट इन्डिजका डेसमोन्ड हेनसको नाममा थियो । उनले सन् १९७८ मा अस्ट्रेलियाविरूद्ध डेब्यूमा १४८ रन बनाएका थिए । ४७ वर्षपछि उनको कीर्तिमान तोडिएको हो ।

पाकिस्तानमा अहिले दक्षिण अफ्रिका, न्युजिल्याण्ड र पाकिस्तान सम्मिलित त्रिदेशीय एकदिवसीय क्रिकेट शृंखला भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...