मुख्य समाचार
इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा
इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा

। इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ९ खेलाडी बाहिरिएको छन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा बोलाइएका ३९ खेलाडीबाट आइतबार ३० खेलाडीलाई दोस्रो चरणमा छनोट गरेका हुन् ।




इन्टरनेशनल वुमन्स च्याम्पियनसिप यही फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालमा हुँदैछ । जसमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनानले खेल्नेछन् ।

फरवार्ड अमिषा कार्कीसँगै सहारा लिम्बू, हेमा चौधरी, सुकृया मियाँ, सेमिहाङ्मा लिम्बू पन्धाक, मीना देउवा, पुष्पाकुमारी खड्का, यशोदा शाही र झुमा विश्वकर्मा टिमबाट बाहिरिएका हुन् ।




अमिषा नेपाली सेनाको लेफ्टिनेन्टको प्रशिक्षणका लागि भक्तपुरमा रहेकोले उनी राष्ट्रिय टिममा उपलब्ध नहुने भएकी हुन् । त्यहा प्रशिषणमा रहँदा उनले यसअघि पनि एन्फा महिला लिगको केही खेल गुमाएकी थिइन् ।

अब ३० जनाको टोलीबाट अन्तिम टोली छनोट गरिनेछ । ३० जनाको टोलीमा यसअघि नै राष्ट्रिय टिममा रहेका खेलाडीहरुको बाहुल्य छ । तर पयसअघि राष्ट्रिय टिममा रहेका अमिषासँगै हिरा भुजेल र दीपा शाहीले भने यस प्रतियोगिता गुमाउनेछन् ।

साफ च्याम्पियनसिप दौरान घाइते भएका हिरा र दीपा अझै ठिक भइसकेका छैनन् ।

यस्तै ३० जना भित्र रहेका सावित्रा भण्डारी साम्बा र रेखा पौडेल तथा कप्तान एन्जिला सुब्बा अहिले विदेशी लिग खेलिरहेका छन् । उनीहरुल प्रतियोगिता हुने बेला मात्र नेपाल आउनेछन् । यी तीन बाहेक अहले नेपालमा अब प्रशिक्षणमा २७ जना उपलब्ध हुनेछन् ।

३० जनाको सूचीमा महिला लिग जितेको एपीएफबाटै आधा खेलाडी छन् । यो सूचीमा ५ गोलकिपर, ९ डिफेण्डर, १० मिडफिल्डर र ६ फरवार्ड रहेका छन् ।

३० सदस्यीय टोली

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सावित्री किसन, सुजाता तामाङ

डिफेण्डर : अमृता जैसी, गीता राना, विमल विक, पुजा राना मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी

मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुस्मा तामाङ, मन माया दबाई, बिर्सना चौधरी

फरवार्ड : सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारि, अनिता केसी, ममता पुन, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...