मुख्य समाचार
इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा
इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा

। इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ९ खेलाडी बाहिरिएको छन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा बोलाइएका ३९ खेलाडीबाट आइतबार ३० खेलाडीलाई दोस्रो चरणमा छनोट गरेका हुन् ।




इन्टरनेशनल वुमन्स च्याम्पियनसिप यही फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालमा हुँदैछ । जसमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनानले खेल्नेछन् ।

फरवार्ड अमिषा कार्कीसँगै सहारा लिम्बू, हेमा चौधरी, सुकृया मियाँ, सेमिहाङ्मा लिम्बू पन्धाक, मीना देउवा, पुष्पाकुमारी खड्का, यशोदा शाही र झुमा विश्वकर्मा टिमबाट बाहिरिएका हुन् ।




अमिषा नेपाली सेनाको लेफ्टिनेन्टको प्रशिक्षणका लागि भक्तपुरमा रहेकोले उनी राष्ट्रिय टिममा उपलब्ध नहुने भएकी हुन् । त्यहा प्रशिषणमा रहँदा उनले यसअघि पनि एन्फा महिला लिगको केही खेल गुमाएकी थिइन् ।

अब ३० जनाको टोलीबाट अन्तिम टोली छनोट गरिनेछ । ३० जनाको टोलीमा यसअघि नै राष्ट्रिय टिममा रहेका खेलाडीहरुको बाहुल्य छ । तर पयसअघि राष्ट्रिय टिममा रहेका अमिषासँगै हिरा भुजेल र दीपा शाहीले भने यस प्रतियोगिता गुमाउनेछन् ।

साफ च्याम्पियनसिप दौरान घाइते भएका हिरा र दीपा अझै ठिक भइसकेका छैनन् ।

यस्तै ३० जना भित्र रहेका सावित्रा भण्डारी साम्बा र रेखा पौडेल तथा कप्तान एन्जिला सुब्बा अहिले विदेशी लिग खेलिरहेका छन् । उनीहरुल प्रतियोगिता हुने बेला मात्र नेपाल आउनेछन् । यी तीन बाहेक अहले नेपालमा अब प्रशिक्षणमा २७ जना उपलब्ध हुनेछन् ।

३० जनाको सूचीमा महिला लिग जितेको एपीएफबाटै आधा खेलाडी छन् । यो सूचीमा ५ गोलकिपर, ९ डिफेण्डर, १० मिडफिल्डर र ६ फरवार्ड रहेका छन् ।

३० सदस्यीय टोली

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सावित्री किसन, सुजाता तामाङ

डिफेण्डर : अमृता जैसी, गीता राना, विमल विक, पुजा राना मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी

मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुस्मा तामाङ, मन माया दबाई, बिर्सना चौधरी

फरवार्ड : सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारि, अनिता केसी, ममता पुन, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...