मुख्य समाचार
लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिए
लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिए

। इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।

प्लाइमाउथले लिभरपुललाई १-० गोलअन्तरले हराएको हो । प्लाइमाउथको जितमा रायन हार्डीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५३औं मिनेटमा गोल गरेका थिए ।




खेलमा बल पोसेसनमा पकड राख्दै दर्जनबढी मौकाहरू सिर्जना भएपनि लिभरपुलले गोल भने गर्न सकेन । मोहमद सालाह, एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइकजस्ता नियमित खेलाडीहरू भने खेलेका थिएनन् ।

लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो । २०२३ मा पनि चौथो चरणबाटै बाहिरिएको लिभरपुल २०२४ मा म्यान्चेस्टर युनाइटेडसँग क्‍वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । प्लाइमाउथ इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात् च्याम्पियनसिपको पनि पुछारमा संघर्ष गरिरहेको छ ।




गएराति नै भएका अन्य खेलहरूमा चेल्सी ब्राइटनसँग २-१ ले पराजित हुँदै बाहिरिएको छ भने एस्टन भिल्लाले टोटनहामलाई २-१ ले हराउँदा फुलहामले विगानलाई, न्युकासलले बर्मिङहामलाई, वुल्भ्सले ब्ल्याकबर्नलाई हराएर पाँचौं चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...