मुख्य समाचार
आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह
आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल जलनका बिरामी भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् । गत बिहीबार काठमाडौंको कमलपोखरीस्थित म:म: आउटलेटमा ग्यास विस्फोट भई भएको आगलागीमा परी घाइते भएका बिरामीलाई भेट्न मन्त्री पौडेल अस्पताल पुगेका हुन् ।

घाइते बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीहरूका गुनासा सुने ।




मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका गर्ने निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ।

उनले अस्पतालका अधिकारीहरुसँग छलफल गर्दै निःशुल्क उपचार आवश्यक पर्नेलाई मात्र सेवा दिने निश्चित गर्न आग्रह गरे । ‘आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले निःशुल्क उपचार व्यवस्था गरेका हौँ’ मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला।’




मन्त्री पौडेलले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याका बारेमा पनि गुनासो सुने । जलनको समस्या बढिरहेको भन्दै उनले उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।

निःशुल्क उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत अस्पताललाई दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समसया भोगेका बिरामीहरुको निःशुल्क उपचार भइरहेको छ ।

मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...