मुख्य समाचार
ट्रम्पका विश्वास पात्र एलन मस्कलाई झट्का, वित्तीय डाटाको पहुँचमा अदालतले लगायो रोक
ट्रम्पका विश्वास पात्र एलन मस्कलाई झट्का, वित्तीय डाटाको पहुँचमा अदालतले लगायो रोक

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र मानिएका अर्बपति एलन मस्कलाई वित्तीय डाटाको पहुँचबाट रोक लगाइएको छ। अमेरिकी जिल्ला न्यायाधीश पल ए. एन्जेलमेयरले शनिबार मस्क र उनको टिममाथि वित्तीय डाटाको पहुँचमा निषेधाज्ञा जारी गरेका हुन्।


अमेरिकाको खर्च कटौतीका लागि मस्कको टीमलाई वित्तीय विविरणमा पहुँच दिएपछि १९ राज्यका महान्यायाधीवक्ताहरूले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामाथि सुनुवाई गर्दै न्यायाधीश पलले मस्कको टिमलाई निषेधाज्ञा जारी गरेको बीबीसीले जनाएको छ।

सरकारको कुनै आधिकारिक निकायसमेत नरहेको मस्क नेतृत्वको टिमलाई अदालतले संघीय कानुन उल्लंघन गरेको आरोपसमेत लगाएको छ। यस विषयमा ट्रम्प प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन।



गत जनवरी २० मा राष्ट्रपति पदमा सपथ लिएपछि ट्रम्पले विभिन्न नयाँ कार्यदेशहरू जारी गरेका थिए। उनले प्रशासनिक खर्च कटौती गर्नेदेखि लिएर वैदेशिक अनुदान निलम्बन गर्ने कार्यदेहरूमा पनि हस्ताक्षर गरेका थिए। यतिबेला अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्ने ट्रम्पको नीतिमाथि चर्को बहस भइरहेको छ। मस्क नेतृत्वको टिमले युएसएआइडी बन्द गर्नुपर्ने सुझाव राष्ट्रपति ट्रम्पलाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...