मुख्य समाचार
इलन मस्कको दक्षता विभागविरुद्ध अमेरिकी राज्यहरूले दायर गरे मुद्दा
इलन मस्कको दक्षता विभागविरुद्ध अमेरिकी राज्यहरूले दायर गरे मुद्दा

— अर्बपति इलन मस्कले नेतृत्व गरेको ट्रम्प प्रशासनको ‘डज’ भनिने सरकारी दक्षता विभागलाई संघीय भुक्तानी प्रणालीमा पहुँच प्रतिबन्धको माग गर्दै झण्डै दुई दर्जन अमेरिकी राज्य सरकारहरूले अदालतमा मुद्दा दायर गरेका छन् । मस्क र उनका सहयोगीहरूलाई अमेरिकाको अर्थ मन्त्रालयका डिजिटल प्रणालीमा पहुँच प्राप्त गर्ने कुनै अधिकार नभएको भन्दै हालसम्म १९ राज्यहरूले अदालतमा मुद्दा दर्ता गरेका हुन् ।


रोयटर्सका अनुसार डेमोक्रेटिक नेतृत्वका अमेरिकी राज्यहरूले खर्बौँ डलरको भुक्तानी गर्ने अर्थ मन्त्रालयअन्तर्गतका निकायमा मस्कको पहुँच कानुनसम्मत नभएको दाबी गरेका छन् । न्युयोर्क महान्यायाधिवक्ताको कार्यालयको अगुवाइमा म्यानह्याटन संघीय अदालतमा मुद्दा दर्ता गरिएको छ ।


न्यायाधिवक्ता लेटिसिया जेम्सले यसमा अग्रसरता लिएकी छन् । एरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेर, हवाइ, इलिनोइज, मेन, मेरिल्यान्ड, म्यासाचुसेट्स, मिनेसोट्टा, नेभाडा, न्युजर्सी, नर्थ क्यारोलाइना, ओरिगन, रोड आइल्यान्ड, भर्मन्ट र विस्कन्सिनमा पनि मुद्दा दायर गरिएका छन् ।

दायर मुद्दामा मस्क र उनको समूहले स्वास्थ विमा, शिशु विद्यालय, जलवायूसम्बन्धी पहल, कर फिर्ता र अन्य कार्यक्रमहरूमा संघीय लगानी प्रभावित गर्न सक्ने उल्लेख छ । अमेरिकी निकायहरूका प्रणालीमा रहेका लाखौँ नागरिकको विवरण रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक एजेन्डमा लगाउन सक्ने पनि निवेदनमा भनिएको छ ।

अमेरिकी सरकारी प्रणालीहरूमा दक्षता विभागलाई पहुँच दिँदा त्यसले अधिक साइबर सुरक्षा जोखिम निम्त्याउन सक्ने र राज्य सरकार एवं नागरिकको ठूलो लगानी गुम्न सक्ने निवेदनमा उल्लेख छ । डजलाई पहुँच दिँदा लाखौँ अमेरिकी नागरिकको अतिवैयक्तिक सूचना सार्वजनिक हुनसक्ने खतरासमेत रहने जिकिर गरिएको छ ।

‘मस्क र उनको दक्षता विभागलाई अमेरिकी नागरिकको निजी विवरण र देशका केही संवेदनशिल डेटामा पहुँच प्राप्त गर्ने कुनै अधिकार छैन,’ न्युयोर्ककी न्यायाधिवक्ता जेम्सले भनेकी छन्, ‘हाम्रा वैयक्तिक सूचना सुरक्षित राख्न म यो कदम चालिरहेकी छु ।’ अदालतमा दायर निवेदनमा राजनीतिक नियुक्ति पाएका, विशिष्ठ सरकारी कर्मचारी र अर्थ मन्त्रालयमा रहेका बाह्य एजेन्सीका कर्मचारीलाई भुक्तानीसम्बन्धी डेटामा पहुँच दिन नहुने माग गरिएको छ ।

विभागलाई अर्थ मन्त्रालयका अभिलेखहरूमा पहुँच प्राप्त गर्नबाट रोक लगाउँदै शनिबार मात्रै न्युयोर्कस्थित संघीय अदालतले अन्तरिम आदेश जारी गरेको छ । सामाजिक सुरक्षा र लाखौँ अमेरिकी नागरिकको बैँक खाताजस्ता वैयक्तीक विवरण समावेश हुने मन्त्रालयको प्रणालीमा मस्कलाई पहुँच नदिन संघीय जिल्ला न्यायाधिश पल ए एन्गलमेयरले अन्तरिम आदेश दिएका हुन् ।




न्युयोर्क सिटीको संघीय अदालतमा दायर मुद्दामा ट्रम्प प्रशासनले मस्कको टोलीलाई संघीय कानुनको उल्लंघन गर्दै अर्थ मन्त्रालयको केन्द्रीय भुक्तानी प्रणालीमा पहुँच दिएको आरोप लगाइएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका न्यायाधीश एन्गलमेयरले जसलाई संवेदनशील सूचनामा पहुँच निषेध गरिएको छ, तिनले मन्त्रालयका प्रणालीबाट डाउनलोड गरिएका सबै प्रतिलिपिहरू तुरुन्तै नष्ट गर्नुपर्ने निर्देशन दिएका छन् । उनले आगामी फेब्रुअरी १४ मा थप सुनुवाइ गर्न पेशी तोकेका छन् ।

अनावश्यक सरकारी खर्चमा कटौती र संघीय निकायहरूको पुन: संरचनाका लागि भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षता विभाग स्थापना गरेका थिए । यसले अर्थ मन्त्रालयसँगै विभिन्न सरकारी निकायहरूको निरीक्षण गर्नुका साथै निकायहरूको डेटा सिस्टम नियन्त्रणमा लिएर कर्मचारी निष्कासनसमेत गर्न थालेपछि आलोचना सुरू भएको छ । आलोचकहरूले मस्कको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरिरहँदा समर्थकहरूले फजुल सरकारी खर्च नियन्त्रणमा उनले सक्रियता देखाएको भन्दै तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...