मुख्य समाचार
दिल्लीमा भाजपाको कमब्याकपछि अमित शाहले भने – झुटा वाचा टिक्दैनन्
दिल्लीमा भाजपाको कमब्याकपछि अमित शाहले भने – झुटा वाचा टिक्दैनन्

। दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् ।

उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक-पटक झूटा वाचा गरेर भ्रमित गर्न सकिन्न भन्ने सन्देश दिएको टिप्पणी गरेका हुन् ।




अमित शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जनताले आफ्ना मतमार्फत फोहोर यमुना, दूषित खानेपानी, बिग्रिएका सडकहरू, ओभरफ्लो हुने ढलहरू र प्रत्येक गल्लीमा खुलेका मदिरा पसलहरूको जवाफ दिएका छन्।’

स्थानीय समय अनुसार दिउँसो साढे एक बजेसम्मको तथ्यांकअनुसार भाजपा र आदपाले चार/चार सिट जितेका छन् । भाजपा ४४ सिटमा अगाडि छ भने आम आदमी १८ सिटमा मात्रै अगाडि देखिएको छ ।




अमित शाहले अर्को पोस्टमा लेखेका छन्, ‘दिल्लीवासीले झूट, धोका र भ्रष्टाचारको शिशमहललाई ध्वस्त गर्दै दिल्लीलाई ‘आप-दा’ मुक्त बनाउने काम गरेका छन्।’

उनले अघि लेखेका छन्, ‘दिल्लीले वाचा पूरा नगर्नेलाई यस्तो पाठ सिकाएको छ, जुन देशभर जनतासँग झूटा वाचा गर्नेहरूका लागि उदाहरण बन्नेछ। यो दिल्लीमा विकास र विश्वासको नयाँ युगको सुरुवात हो।’

दिल्लीमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् भने आम आदमीका प्राय: चर्चित नेताहरु हारको सँघारमा रहेका छन् । यो नतिजा अनुसार दिल्लीमा पनि भाजपाले सरकार बनाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...