मुख्य समाचार
दिल्लीमा केजरीवाललाई धक्का
दिल्लीमा केजरीवाललाई धक्का

। दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ ।

मतपरिणाम अन्ति चरणमा आइपुग्दा आम आदमी पार्टीलाई ठूलो धक्का लाग्ने लगभग पक्का भएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।




नयाँ दिल्ली विधानसभाको चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि भाजपा उम्मेदवार प्रवेश वर्माले पछि पारेका छन् । उनी हारको नजिक छन् ।

भारती समाचार संस्थाहरुका अनुसार आपका अन्य प्रमुख नेताहरू पनि पछि परिरहेका छन् । सौरभ भारद्वाज, सोमनाथ भारती, र सत्येन्द्र जैन आफ्ना-आफ्ना क्षेत्रमा भाजपा उम्मेदवारहरूभन्दा पछि छन् ।




जनकपुरा सीटबाट आप उम्मेदवार मनीष सिसोदियाले र पटपड़गंज सीटबाट उम्मेदवार अवध ओझाले आफ्नो हार स्वीकार गरेका छन् । अवध ओझाले भने, ‘जनताले सम्मान दिए, र म दोस्रो स्थानमा छु। पहिलो पटक राजनीतिक यात्रा सुरु गरेँ, र यस उपलब्धिबाट म खुसी छु।’

भाजपाका रविन्दर सिंह नेगीले जंगपुरा सीटमा जित हासिल गरिसकेका छन् । आम आदमी पार्टीले पूर्वउपमुख्यमन्त्री तथा पटपड़गंज सीटका वर्तमान विधायक मनीष सिसोदियालाई जंगपुराबाट उम्मेदवार बनाएको थियो । सिसोदियाले जंगपुरा सीटमा पराजय स्वीकार गरिसकेका छन् ।

आम आदमी पार्टीकी उम्मेदवार आतिशीले भने भाजपाका रमेश बिधूडीमाथि अग्रता हासिल गरिरहेकी छन्। तर, ग्रेटर कैलाश सीटमा आपका सौरभ भारद्वाज पछि परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...