मुख्य समाचार
छड्के अनुगमनका क्रममा डाक्टरसहित केही कर्मचारी कार्यकक्षबाहिर
छड्के अनुगमनका क्रममा डाक्टरसहित केही कर्मचारी कार्यकक्षबाहिर

— भेरी अस्पतालमा छड्के अनुगमनका क्रममा ओपीडीमा काम गर्ने कतिपय डाक्टर कार्यकक्षबाहिर रहेको पाइएको छ । शनिबार छड्के अनुगमनका क्रममा डाक्टरसहित केही कर्मचारी कार्यकक्षबाहिर रहेको पाइएको हो ।


कर्मचारीको हाजिरी अद्यावधिक नरहेको, कर्मचारीले लामो समयसम्म पनि हाजिरी नगरेको, कर्मचारीको ड्युटी समयतालिका उपलब्ध नगराउने गरेको, खाजा समय भन्दै कार्यकक्षमा लामो समय अनुपस्थित हुने गरेको, सेवाग्राहीको भीड व्यवस्थापन नगरेको, समयमा ड्युटीमा उपस्थित नभएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।


अनुगमनका क्रममा अस्पतालको इमर्जेन्सी वार्डमा काम गर्ने कर्मचारीसमेत आफ्नो ड्युटी समयमा उपस्थित नहुने गरेको, कार्यकक्षबाहिर जाँदा रेकर्ड राख्ने नगरिएको, कतिपय कर्मचारी बाहिर जाँदा सम्बन्धित विभाग र वार्डका इन्चार्जहरूलाई जानकारी नगराई आफूखुसी बाहिरिने गरेको देखिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा धेरै कमी–कमजोरी पाइएपछि टोलीले कर्मचारीको हाजिरी अद्यावधिक गर्ने, समयमै हाजिर गर्ने, ड्युटी समयतालिका निर्धारण गर्ने, सेवाप्रवाहलाई असर नपर्ने गरी पालो मिलाएर मात्र खाजा खान जाने व्यवस्था मिलाउने लगायतका निर्देशन दिएको सहायक प्रजिअ खत्रीले सुनाए ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्षसमेत रहेका अधिवक्ता बसन्त गौतमले गुणस्तरीय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएकाले अस्पतालको सेवा प्रवाहमा नागरिकको सहज पहुँच र गुणस्तर हुनुपर्ने बताए ।

गौतमका अनुसार ड्युटी समयमा डाक्टर कार्यकक्षमा नभेटिने, अस्पतालमा बिचौलियाको प्रवेश रोक्ने, ड्युटी आवरमा कर्मचारीले काम गरे नगरेको विषयमा कार्यालय प्रमुख, सम्बन्धित वार्डको इन्चार्ज निरीक्षण गर्ने, कर्मचारीको ड्युटी लिस्ट जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन अनुगमन टोलीले निर्देशन दिएको थियो ।

अनुगमन टोलीले अस्पतालको सेवालाई गुणस्तरीय बनाई स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँचका विषयमा अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीसँग छलफल पनि गरेको थियो । अनुगमन टोलीले अस्पताल प्रशासन, इमर्जेन्सी, ओपीडी लगायतका वार्डको अनुगमन गरेको थियो ।


जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता गौतम, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत विष्णुप्रसाद उपाध्याय, जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा दीपशरण बुढाथोकी, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, पत्रकारहरूलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...