मुख्य समाचार
माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको छ : वर्षमान पुन
माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको छ : वर्षमान पुन

— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको बताएका छन् । शान्ति प्रक्रियापछि स्थापित लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयन माथि प्रश्न उठेको र समस्या तथा सीमाहरू देखिएको उनको भनाइ छ ।



नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँ कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले भने, ‘गणतन्त्र जनताको गणतन्त्र हुने की केही बुर्जुवाहरू, केही स्वार्थ समूह, केही पुँजीपतिहरूको मात्र गणतन्त्र हुने ?, लोकतन्त्र प्रतिस्पर्धात्मक हुने की केही पुँजीपतिहरू, दलाल, नोकर साहहरूले देखाउने रूपमा प्रतिस्पर्धा तर एकाधिकार, हैकम चल्ने र केही पैसाले जनताका मतहरू किन्ने र जनताका आवाजहरू दबाउने ढङ्गले जाने ?’ भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ ।'

‘समावेशिता हामी गरिब विपन्न, प्रतिस्पर्धामा आउन नसक्ने, राज्यको मूलधारबाट किनारकृत गरिएका समुदाय राज्यको मूल धारमा ल्याउनको लागि हो, तर आरजु देउवाहरूलाई ३ पटकसम्म सांसद बनाउने, मन्त्री बनाउने रूपमा हुन्छ ? प्रश्न उठेको छ,' उनले भने, ‘हामीले स्थापना गरेको धर्म निरपेक्षता के आपसी सद्भाव, विभिन्न धर्म संस्कृतिको रूपमा समन्वयबाट अगाडि जान्छ या केही मान्छेहरूले धर्म परिवर्तनलाई पेसा व्यवसाय र सामाजिक सद्भाव खलबल्याउने रूपमा जान्छ ? प्रश्न उठेका छन् ।’

सामाजिक न्याय पनि धनी र गरिबहरू बीचको खाडल कम गर्ने व्यवस्था भएको भए पनि साँच्चिकै पाउनुपर्नेले अवसर पाउने या पहुँचवालाले मात्र पाउने भन्ने विषयमा प्रश्न उठेको उनको भनाइ छ ।

कुनै व्यवस्था अजेय, अकाट्य र अपरिवर्तनीय नभएको भन्दै उनले तर त्यो व्यवस्थालाई जनतासँग जोडेर लैजान सकिएन भने त्यो व्यवस्था जतिसुकै राम्रो व्यवस्था भए पनि जनताले अस्वीकार गर्ने उनको भनाइ छ । ‘गणतन्त्र, लोकतन्त्र, समावेशिता राम्रा हुन, तर यसलाई पनि यसका सीमाहरूलाई परिमार्जन गर्दै, परिस्कृत गर्दै, उन्नत बनाउँदै लानुपर्ने हुन्छ,' उनले भने, 'आज कांग्रेस र एमालेसँग फरक हाम्रो त्यहीँनेर देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए । तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरे । पहिलो प्रश्न नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णुबहादुर विश्वकर्माले गरे । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाए । ‘कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडै भएको जघन्य बलात्कार र हत्या ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको नि:शुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनका युरोपेली नेटो सहयोगी राष्ट्रहरूसँग कमजोर सैन्य बल रहेको बताएका छन्। उनले नेभाडाको लास भेगास नजिकै आयोजित एउटा कार्यक्रममा बोल्दै यो कुरा भनेका हुन्। ट्रम्पका अनुसार पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी सेनाको अवस्थालाई जोखिममा पारेको छ। उनले अघिल्लो प्रशासनले धेरै कुराहरू अरूलाई दिएको आरोप लगाए। ट्रम्पले भने, “उनीहरूले सबै कुरा दिए, ...
। गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्‌मै प्रतिरोध भएको छ । प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् । मनसुनजन्य विपद्‌मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनिन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । ...
। नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । २९ देखि ३१ साउनमा हुने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ । यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी एनपी साउदले पाएका छन् । साथै कांग्रेसको ...