मुख्य समाचार
माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको छ : वर्षमान पुन
माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको छ : वर्षमान पुन

— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको बताएका छन् । शान्ति प्रक्रियापछि स्थापित लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयन माथि प्रश्न उठेको र समस्या तथा सीमाहरू देखिएको उनको भनाइ छ ।



नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँ कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले भने, ‘गणतन्त्र जनताको गणतन्त्र हुने की केही बुर्जुवाहरू, केही स्वार्थ समूह, केही पुँजीपतिहरूको मात्र गणतन्त्र हुने ?, लोकतन्त्र प्रतिस्पर्धात्मक हुने की केही पुँजीपतिहरू, दलाल, नोकर साहहरूले देखाउने रूपमा प्रतिस्पर्धा तर एकाधिकार, हैकम चल्ने र केही पैसाले जनताका मतहरू किन्ने र जनताका आवाजहरू दबाउने ढङ्गले जाने ?’ भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ ।'

‘समावेशिता हामी गरिब विपन्न, प्रतिस्पर्धामा आउन नसक्ने, राज्यको मूलधारबाट किनारकृत गरिएका समुदाय राज्यको मूल धारमा ल्याउनको लागि हो, तर आरजु देउवाहरूलाई ३ पटकसम्म सांसद बनाउने, मन्त्री बनाउने रूपमा हुन्छ ? प्रश्न उठेको छ,' उनले भने, ‘हामीले स्थापना गरेको धर्म निरपेक्षता के आपसी सद्भाव, विभिन्न धर्म संस्कृतिको रूपमा समन्वयबाट अगाडि जान्छ या केही मान्छेहरूले धर्म परिवर्तनलाई पेसा व्यवसाय र सामाजिक सद्भाव खलबल्याउने रूपमा जान्छ ? प्रश्न उठेका छन् ।’

सामाजिक न्याय पनि धनी र गरिबहरू बीचको खाडल कम गर्ने व्यवस्था भएको भए पनि साँच्चिकै पाउनुपर्नेले अवसर पाउने या पहुँचवालाले मात्र पाउने भन्ने विषयमा प्रश्न उठेको उनको भनाइ छ ।

कुनै व्यवस्था अजेय, अकाट्य र अपरिवर्तनीय नभएको भन्दै उनले तर त्यो व्यवस्थालाई जनतासँग जोडेर लैजान सकिएन भने त्यो व्यवस्था जतिसुकै राम्रो व्यवस्था भए पनि जनताले अस्वीकार गर्ने उनको भनाइ छ । ‘गणतन्त्र, लोकतन्त्र, समावेशिता राम्रा हुन, तर यसलाई पनि यसका सीमाहरूलाई परिमार्जन गर्दै, परिस्कृत गर्दै, उन्नत बनाउँदै लानुपर्ने हुन्छ,' उनले भने, 'आज कांग्रेस र एमालेसँग फरक हाम्रो त्यहीँनेर देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान करिब ३ बजेर १० मिनेट जाँदा घुमाउने भन्ने स्थानमा पल्टिएको हो। घाइतेहरूलाई उद्दार गरी उपचारका लागि भरतपुरलगायत विभिन्न अस्पतालमा पठाइएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, पुरानो मेडिकल कलेजमा १३ जना, ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताएका छन् । सहिद दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले शुक्रराज शास्त्री,धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु ...
: सर्वोच्च अदालतले बाबु-आमाले आफ्नो अंश हक लाग्ने सम्पत्तिबाट छोरीलाई शेषपछि खाने गरी बकसपत्र गर्दा छोराको मञ्जुरी लिनुपर्ने कुनै कानुनी बाध्यता नरहेको व्याख्या गरेको छ। ईश्वरप्रसाद खतिवडा र न्यायाधीश हरिप्रसाद फुयालको इजलासले वृद्ध अवस्थाका पिताले आफ्नो पालनपोषण तथा हेरचाह गर्ने छोरीलाई आफ्नो हक पुग्ने सम्पत्तिबाट शेषपछिको बकसपत्र गरिदिनु अनुचित वा कानुनविपरीत कार्य नहुने ठहर गरेको ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन्। प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चुनावी प्रचार प्रसार सुरू हुनुअघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् । घोषणापत्रका विषयमा पार्टीहरूले विज्ञहरूसँग छलफल समेत गरिसकेको उनले बताए। त्यस्तै महासचिव पोखरेलले अहिले ...
: नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू नभइ प्रचण्ड भागिरहेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर प्रचण्डलगायतका केहि नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए। प्रचण्डले एकताका लागि केहिदिन अघि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम