मुख्य समाचार
ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा
ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा

— पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार कर्नरको सदुपयोग गर्दा सर्वाधिक उपाधि विजेता पुलिसले बेलायतको टोलीलाई घर फर्काएको हो ।



खेलको २८ औं मिनेटमा प्राप्त कर्नर पुलिसका विवेक पाण्डेले सदुपयोग गर्दै गोल गरे । उनको प्रहार ब्रिगेड ब्वाइजका खेलाडी रायन कुँवरको हेड हुँदै सेकेन्ड बारमा लाग्दै गोलमा परिणत भएको थियो । खेलको ४० औं मिनेटमा कप्तान राम वाजीले गोल गर्दै अग्रता दोब्बर बनाए । पाण्डेकै कर्नरमा उनले फ्रि हेडर गोल गरेका थिए ।

यसअघि पुलिस आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा हराएर क्वाटरफाइनल प्रवेश गरेको थियो । सहारालाई हराउने क्रममा उज्वल राईले कर्नरबाट नै गोल गरेका थिए । ब्रिगेड ब्वाइज भने सिधैं क्वाटरफाइनल प्रवेश गरेको थियो । खेलमा प्लेयर अफ द म्याच पुलिसका टिम कप्तान राम वाजी घोषित भए ।

गोल्डकपमा ६ पल्टको उपाधि विजेता पुलिस अब त्रिभुवन आर्मी र चर्च ब्वाइजबीच हुने क्वाटरफाइनलको विजेतासँग माघ ३० मा सेमिफाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...