मुख्य समाचार
गैरकानुनी तरिकाले बस्दै आएका तीन नेपालीलाई स्पेनले निष्कासन गरे
गैरकानुनी तरिकाले बस्दै आएका तीन नेपालीलाई स्पेनले निष्कासन गरे

: गैरकानुनी तरिकाले बस्दै आएका तीन नेपालीलाई स्पेनले निष्कासन गरेको छ। बिना कागजात काम गरेर बस्ने उनीहरूलाई स्पेनको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको हो।


निष्कासित हुनेमा मोहन ओली, नुरुपा छिरिङ घले र सुस्मिता घर्ती रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं फर्काइएको स्रोतले बताएको छ। ओलीलाई कतार एयरलाइन्सको विमान, घले र घर्तीलाई इन्डियन एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो।

युरोपका विभिन्न देशहरूमा गैरकानुनी तरिकाले प्रवेश गरी लुकीछिपी काम गर्ने नेपालीहरूको संख्या धेरै छ। युरोपमा खोलिएका नेपाली संस्थाहरूले पनि अवैध तरिकाले बसोबास गर्ने नेपालीहरू धेरै रहेको बताउँदै आएको छ। त्यस्ता नेपालीहरूलाई बेलाबखत छापा मारी अध्यागमन प्रहरीले नियन्त्रणमा लिने गरेको नेपालीहरूको भनाइ छ।



माघ पहिलो साता पनि पाँच जना नेपालीलाई स्पेनले निष्कासित गरेको थियो। निष्कासनमा पर्नेमा अनिल बिसी, चिरञ्जिवी शाही, प्रेमराजा बोहोरा, बेलबहादुर कार्की र लोकेन्द्र केसी रहेका थिए। कतार एयरलाइन्सको जहाजबाट उनीहरूलाई नेपाल फर्काइएको थियो।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई स्पेनले निष्कासन गरेको थियो। उनीहरू चारै जनासँग पासपोर्टसमेत नरहेको बताइएको छ। पासपोर्ट फ्याँकेर लुकीछिपी काम गर्दै आएका उनीहरूलाई स्पेनको अध्यागमनले निष्कासन गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...
: अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष ...
— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् । प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले ...