मुख्य समाचार
दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा
दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा

— दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । पोखरा रंगशालामा शुक्रबार पहिलोपल्ट नेपाल भम्रणमा रहेको भारतीय टोलीले पहिलो खेलबाटै संकटालाई घर फर्काएको हो ।


थन्डरबोल्टका फ्र्यांकलिन क्वेटे टाला, करण राई र आदर्श तामाङले गोल गरे । संकटाबाट मनीष पौडेलले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने संकटाले लिएको थियो । खेलको १७ औं मिनेटमा मनीषको गोलमा संकटाले अग्रता बनायो । उनले पासाङ लामाको क्रस सदुपयोग गर्दै उत्कृष्ट फिनिसिङ दिए ।


खेलको ३५ औं मिनेटमा थन्डरबोल्टले पेनाल्टी पाएपछि खेल बराबरीमा पुग्यो । फोफानाले क्रस गर्ने क्रममा संकटाका राइट ब्याक अभिषेक लामाले पेनाल्टी एरियामा करण राईलाई लडाएपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले थन्डरबोल्टलाई पेनाल्टीको अवसर दिएका थिए । क्वेटे टालाले संकटाका गोलरक्षक दीप कार्कीलाई कुनै अवसर नदिई पेनाल्टीमा सहजै गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा टुंगिए पनि दोस्रो हाफमा थन्डरबोल्टले दुई गोल थप्यो । थन्डरबोल्टले अर्को विदेशी टिम उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग क्वाटरफाइनल भेट पक्का गर्‍यो ।

थन्डरबोल्टको लगातार दबाब झेल्न स्टार खेलाडी लिएर मैदान उत्रिएको संकटालाई हम्मेहम्मे पर्‍यो । अनुभवी पिटर सेगुन र डिफेन्डर इमानुयल बोएटिङ जस्ता खेलाडी लिएर दीप कार्कीको कप्तानीमा खेलेको संकटाले गोल निकाल्न सकेन । गत वर्षको सिक्किम प्रिमियर लिग रनरअप रहेको थन्डरबोल्टले सुरुदेखि नै संकटालाई दबाबमा राखेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा थन्डरबोल्टका एन्ड्रयुको शक्तिशाली प्रहार बारमा लागेर फर्कियो । संकटाको त्यस्तै प्रहार खेलको ६७ औं मिनेटमा खेर गयो । संकटाका अबेका रिचार्डले बक्सबाट प्रहार गरेको शक्तिशाली शट क्रसबारमा लागेर फर्कंदा संकटा अभागी बन्यो ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
सबै हेर्नुहोस्
खेलको ७७ औं मिनेटमा स्ट्राइकर करण राईले गोल गर्दै थन्डरलाई अग्रता दिलाए । उनले एन्ड्र्यु क्रसमा बक्सबाट गोल गरेका हुन् । ८९ औं मिनेटमा थन्डरका आदर्श तामाङले उत्कृष्ट गोल गरे । मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो । गोलरक्षक दीप कार्की अगाडि बढेको अवस्थामा आदर्शले मध्यभागबाट खाली पोस्टमा प्रहार गरेका थिए ।

ITPF
Sunrise bank
Nepal Life Insurance
भारतको मोहन बगानबाट कोलकाता लिगसमेत खेलिसकेका आदर्शले संकटासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरे । थन्डरबोल्टका टाला प्लेयर अफ द म्याच चुनिए । थन्डरबोल्टले माघ २९ मा ब्ल्याक बुल्ससँग खेल्नेछ । ब्ल्याक बुल्स प्रतियोगिताका लागि शुक्रबार नेपाल आइसकेको छ । यसअघि संकटाले १९ औं र २२ औं आहा–रारा पोखरा गोल्डकप जितेको थियो ।

टोलीले अघिल्लो साता राजधानीमा सभापति कप जितेको थियो । शनिबार पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब यूकेबीच प्रतिस्पर्धा हुनेछ । पुलिसले आयोजक सहारालाई हराएर क्वाटरफाइनल तय गरेको थियो भने ब्रिगेड ब्वाइज सोझै क्वाटरफाइनल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...