मुख्य समाचार
दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा
दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा

— दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । पोखरा रंगशालामा शुक्रबार पहिलोपल्ट नेपाल भम्रणमा रहेको भारतीय टोलीले पहिलो खेलबाटै संकटालाई घर फर्काएको हो ।


थन्डरबोल्टका फ्र्यांकलिन क्वेटे टाला, करण राई र आदर्श तामाङले गोल गरे । संकटाबाट मनीष पौडेलले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने संकटाले लिएको थियो । खेलको १७ औं मिनेटमा मनीषको गोलमा संकटाले अग्रता बनायो । उनले पासाङ लामाको क्रस सदुपयोग गर्दै उत्कृष्ट फिनिसिङ दिए ।


खेलको ३५ औं मिनेटमा थन्डरबोल्टले पेनाल्टी पाएपछि खेल बराबरीमा पुग्यो । फोफानाले क्रस गर्ने क्रममा संकटाका राइट ब्याक अभिषेक लामाले पेनाल्टी एरियामा करण राईलाई लडाएपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले थन्डरबोल्टलाई पेनाल्टीको अवसर दिएका थिए । क्वेटे टालाले संकटाका गोलरक्षक दीप कार्कीलाई कुनै अवसर नदिई पेनाल्टीमा सहजै गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा टुंगिए पनि दोस्रो हाफमा थन्डरबोल्टले दुई गोल थप्यो । थन्डरबोल्टले अर्को विदेशी टिम उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग क्वाटरफाइनल भेट पक्का गर्‍यो ।

थन्डरबोल्टको लगातार दबाब झेल्न स्टार खेलाडी लिएर मैदान उत्रिएको संकटालाई हम्मेहम्मे पर्‍यो । अनुभवी पिटर सेगुन र डिफेन्डर इमानुयल बोएटिङ जस्ता खेलाडी लिएर दीप कार्कीको कप्तानीमा खेलेको संकटाले गोल निकाल्न सकेन । गत वर्षको सिक्किम प्रिमियर लिग रनरअप रहेको थन्डरबोल्टले सुरुदेखि नै संकटालाई दबाबमा राखेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा थन्डरबोल्टका एन्ड्रयुको शक्तिशाली प्रहार बारमा लागेर फर्कियो । संकटाको त्यस्तै प्रहार खेलको ६७ औं मिनेटमा खेर गयो । संकटाका अबेका रिचार्डले बक्सबाट प्रहार गरेको शक्तिशाली शट क्रसबारमा लागेर फर्कंदा संकटा अभागी बन्यो ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
सबै हेर्नुहोस्
खेलको ७७ औं मिनेटमा स्ट्राइकर करण राईले गोल गर्दै थन्डरलाई अग्रता दिलाए । उनले एन्ड्र्यु क्रसमा बक्सबाट गोल गरेका हुन् । ८९ औं मिनेटमा थन्डरका आदर्श तामाङले उत्कृष्ट गोल गरे । मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो । गोलरक्षक दीप कार्की अगाडि बढेको अवस्थामा आदर्शले मध्यभागबाट खाली पोस्टमा प्रहार गरेका थिए ।

ITPF
Sunrise bank
Nepal Life Insurance
भारतको मोहन बगानबाट कोलकाता लिगसमेत खेलिसकेका आदर्शले संकटासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरे । थन्डरबोल्टका टाला प्लेयर अफ द म्याच चुनिए । थन्डरबोल्टले माघ २९ मा ब्ल्याक बुल्ससँग खेल्नेछ । ब्ल्याक बुल्स प्रतियोगिताका लागि शुक्रबार नेपाल आइसकेको छ । यसअघि संकटाले १९ औं र २२ औं आहा–रारा पोखरा गोल्डकप जितेको थियो ।

टोलीले अघिल्लो साता राजधानीमा सभापति कप जितेको थियो । शनिबार पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब यूकेबीच प्रतिस्पर्धा हुनेछ । पुलिसले आयोजक सहारालाई हराएर क्वाटरफाइनल तय गरेको थियो भने ब्रिगेड ब्वाइज सोझै क्वाटरफाइनल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...