मुख्य समाचार
गृहमन्त्री लाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन
गृहमन्त्री लाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन

। गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।

दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो ।


टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।


कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

यही विषयमा हिजो (बिहीबार)को संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए । आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । केही समयअघि सरकारले डोजर चलाएर हजारौँ परिवारलाई उनीहरू बसिरहेको ठाउँबाट जबरजस्ती हटाएको थियो । बस्ने अर्को ठाउँ र कमाइ ...
। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ । बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए । ‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ । विपद् अन्य व्यक्तिजस्तै हामीलाई ...
। संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ ...
। काठमाडौंको शोभाभगवतीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।