मुख्य समाचार
(रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी
(रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभामा शून्य समय लिएर बोल्ने क्रममा सांसद कठायतले रास्वपालाई तर्साउने र बदनाम गराउने काम भएको हो भने त्यसबाट नडराउने बताएकी हुन् ।




‘रास्वपालाई तसाईदिउँ, बदनाम गराउँ, ठगको बिल्ला भिराउँ, रविलाई सिध्याएर रास्वपा सकिन्छ भन्ने सोचेको हो भने रास्वपा डराएको छैन,’ सांसद कठायतले दाबी गर्दै भनिन्, ‘रविको सट्टामा सय रवि यही सदनमा प्रवेश गर्नलाई ०८४ साल कुरेर बसेका छन् ।’

सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई हिरासतमा राखेको, अहिले जिल्ला जिल्लामा बयान भन्दै घुमाउने काम गरेको उल्लेख गर्दै उनले सहकारी पीडितको समस्या समाधान नभएकोप्रति प्रश्न गरिन् ।




‘राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राख्यो । तर, सहकारी समस्या समाधान भयो त ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘बचतकर्ताको करिब ३ सय अरब हिनामिना भएको उल्लेख छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने विषय कहाँ पुग्यो ?’

सांसद कठायतले जिल्ला–जिल्ला घुमाएर मात्रै सहकारी पीडितको रकम फिर्ता हुने भए आफ्नो सभापति ७७ वटै जिल्ला घुम्न तयार भएको बताइन् ।

‘एउटा व्यक्तिविशेषलाई लक्षित गरेर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले हाम्रो पार्टी सभापतिलाई बयान गराउने नाममा जिल्ला जिल्ला घुमाउने काममा व्यस्त देखिन्छ । जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?,’ उनले अघि भनिन्, ‘हुन्छ भनिदियोस् सरकारले, हाम्रो सभापति दुई तीन जिल्लामात्रै होइन, ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली फिल्मले विश्व फिल्म बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्न सक्नुपर्ने उनको भनाइ छ ...
। नियुक्ति पाएको शिक्षक अनुपस्थित भएको बेला खेताला शिक्षक राखेर तलब दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर मावि, काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कुलेश्वर माविका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालयको लेखापाल स्मृती रेग्मी र खेताला शिक्षक बनेकी श्रुती भण्डारी भनिने अम्बिका घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको ...
। कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न ...
गोप्य छलफलमा टुंग्याइँदै निजामती विधेयक NCELL
। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो । बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । प्रदर्शनमा उत्रिएका उक्त समूहका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।