मुख्य समाचार
विदेश पठाउने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ
विदेश पठाउने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

। विदेश पठाउने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ घर भएका ३६ वर्षीय रमेशकुमार डिसी, रोल्पाको गंगादेव गाउँपालिका–५ का ४१ वर्षीय जै बहादुर वली र मकवानपुरको थाहा नगरपालिका–२ का ३८ वर्षीय रबीन कार्की छन् ।

डिसीले सिंगापुर पठाउने भन्दै १ जनाबाट १० लाख ठगी गरेको आरोप छ ।

वलीले क्रोएसिया पठाउने भन्दै एक जनाबाटै ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । कार्कीले स्लोभाकिया पठाउने भन्दै २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका डिसी र वलीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

कार्कीविरुद्ध भने प्रहरी वृत्त बौद्धमा मुद्दा रहेकाले बौद्ध प्रहरीकोमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई ...
— जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३ वैशाख २२ गतेदेखि फिर्ता लिएको ब्यहोरासहितको पत्र प्रदेश प्रमुखको ...
— जग्गा भोगाधिकारमा भएको ढिलाईका कारण निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजना १० महिनादेखि ठप्प छ । सरकारले संरक्षण क्षेत्रको जग्गा भोगाधिकार आयोजनालाई दिन ढिलाई गरेपछि निर्माणसम्बन्धी काम रोकिएको हो । २२ मेगावाट क्षमताको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले बनाइरहेको छ । बिगु गाउँपालिका–१ र गौरीशंकर गाउँपालिका–९ गौरीशंकर संरक्षण क्षेत्रमा आयोजना निमार्णाधीन छ । २० असार ...
— काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ । दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको ...
: सरकारले निजामति कर्मचारी र स्वास्थ्यका गरी १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र चार वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय गरेको हो । विभागमा दर्ता भई ...