मुख्य समाचार
अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाए
अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाए

। अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाएको छन् । मंगलबार र बुधबार गरी ४ लाख ६४ हजार ६२ जनाले एचपीभी खोप लगाएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।

मंगलबारबाट खोप अभियान सुरु भएको थियो । दुई दिनमा लक्षित किशोरीमध्ये २८ प्रतिशतले खोप लगाइसकेका छन् । सबैभन्दा बढी कोशी प्रदेशमा ४४.९ प्रतिशतले खोप लगाएका छन् भने सबैभन्दा कम कभरेज कर्णाली प्रदेशमा ९.३ प्रतिशत छ ।

गौतमका अनुसार ७७ जिल्लामध्ये ७० जिल्लामा खोप अभियान सञ्चालन भइसकेको छ । विभिन्न प्रदेशका गरी ७ जिल्लामा सुरु भइसकेको छैन । कर्णाली प्रदेशका जुम्ला, हुम्ला र डोल्पामा खोप दिन सुरु गरिएको छैन । गण्डकी प्रदेशको मुस्ताङ र मनाङ साथै कोशी प्रदेशको संखुवासभा र इलाममा खोप अभियान सुरु हुन बाँकी छ ।


जुम्ला, इलाम र संखुवासभा जिल्लामा आइतबारबाट खोप दिइँदै छ । अन्य हिमाली जिल्लाहरुका अधिकारीहरुले भने फागुन महिनाबाट मात्रै सुरु गर्ने जानकारी दिएको गौतमले बताए । ‘ती जिल्लामा जाडो भएका कारण कतिपय ठाउँमा अहिले विद्यालय छुट्टी रहेछ फागुनबाट सुरु गर्छाैँ भन्नुभएको छ’ गौतमले भने।

फागुन १६ गतेसम्म चल्ने अभियानमा विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्दै गरेका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइँदैछ ।

अभियानमा १६ लाख ८८ हजार ७६८ जनालाई खोप दिने लक्ष्य राखिएको छ । लक्षित जनसंख्याको कम्तिमा पनि ९० प्रतिशतलसम्म खोप पुर्‍याउने लक्ष्य राखिएको खोप शाखा प्रमुख गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...