मुख्य समाचार
पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ
पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ

। पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको हो ।

पीएफएको संशोधित विधान लागू गर्न असफल भएको कारणले गर्दा पीएफएफलाई तत्कालै लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको फिफाले जनाएको छ । पाकिस्तानको फुटबल सामान्य अवस्थामा नफर्केसम्म पीएफएफको निलम्बन कायम रहनेछ ।




फिफा र एएफसीले प्रस्तुत गरेको पीएफएफ विधानलाई पीएफएफको कंग्रेसले अनुमोदन गरेपछि मात्र निलम्बन हटाइने पनि फिफाले जनाएको छ ।

पाकिस्तान फुटबल निलम्बनमा परेको यो पहिलो पटक भने होइन । यसअघि फिफाले सन् २०२१ मा पनि पाकिस्तान फुटबल निलम्बन गरेको थियो । उक्त निलम्बन सन् २०२२ मा फुकुवा भएको थियो ।




निलम्बपछि पाकिस्तान फुटबलले अन्तर्राष्ट्रिय खेलहरुमा पुनरागमन गरेको थियो तर त्यहाँको फुटबल अझै पनि सामान्य रुपमा अघि बढ्न नसकेपछि फिफाले पाकिस्तान फुटबललाई फेरि निलम्बन गरेको हो ।

यो लम्बनपछि पाकिस्तानले आगामी मार्चदेखी हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्ने/नखेल्ने अनिश्चित बनेको छ । उक्त छनोटमा पाकिस्तान रहेको समूह ई मा सिरिया, अफगानिस्तान र म्यानमार छन् ।

यस्तै फिफाले ‘थर्ड पार्टी’ को प्रभाव रहेको भन्दै अफ्रिकी राष्ट्र कंगो फुटबललाई पनि अर्को निर्णय नहुँदासम्मको लागि लिम्बन गरेको छ ।

पीएफएफ नर्मलाइजिङ कमिटीका अध्यक्ष हारुन मलिकले विश्व फुटबलको नियमनकारी निकाय फिफा र पाकिस्तान फुटबलको नवनिर्वाचित कंग्रेसबीच गतिरोध रहेको बताउँदै यसले गर्दा फिफाले पाकिस्तानलाई ‘शर्त’ सहित निलम्बन गर्न सक्ने बताए ।

‘फिफाले पीएफएफको विधानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन केही संशोधन गर्न चाहन्छ । तर नवनिर्वाचित पीएफएफ कंग्रेसका अधिकांश सदस्यहरूले फिफाको प्रस्तावहरूमा सहमति जनाएका छैनन्,’ मलिकले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ । फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो । अब नेपालले यू-२० एसियन कप ...
। डेनमार्कका मिडफिल्डर क्रिस्टियन नोर्गार्ड आर्सनलबाट एभर्टनमा आबद्ध भएका छन् । एभर्टनले ३२ वर्षीय नोर्गार्डसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । यद्यपी ट्रान्सफर रकम सार्वजनिक गरिएको छैन । बेलायती सञ्चारमाध्यमका अनुसार एभर्टनले उनको लागि करिब ७ मिलियन पाउन्ड खर्च गरेको छ । नोर्गार्ड गत वर्ष ब्रेन्टफोर्डबाट १५ मिलियन पाउन्डमा आर्सनल पुगेका थिए । उनले आर्सनलका लागि ...
। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा भएको त्रुटि स्वीकार गर्दै माफी मागेका छन् । यद्यपी फिफाका वरिष्ठ पदाधिकारीहरूले उनको नेतृत्वलाई निरन्तर समर्थन जनाएका छन् । बुधबार मोरक्कोको रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा बसेको व्यवस्थापन बोर्डको बैठकपछि फिफाले इन्फान्टिनोलाई पूर्ण समर्थन रहेको जनाएको हो । यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) ले निजी लगानीसम्बन्धी प्रस्तावलाई ...
: विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई फिफाले नयाँ व्यावसायिक निकायको करिब २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने विवादित योजना ल्याएपछि तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना गरेका छन्। विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई निजी लगानीकर्तासँग जोड्ने ‘फिफा फरवार्ड इन्टरप्राइज योजना’ (एफएफई) ले विश्व फुटबलमा तीव्र विवाद निम्त्याएपछि उनीमाथि राजीनामाको ...
: अष्ट्रेलियन टप एण्ड टी–२० सिरिजको तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने यो प्रतियोगिता अगष्ट २१ देखि ३० सम्म हुनेछ । डार्विनमा हुने यस प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ । नेपालले लिगको पहिलो खेलमा एनटी स्ट्राइकसँग खेल्ने छ । यस प्रतियोगिताका लागि नेपालको टोली भने घोषणा भएको छैन । यस ...