मुख्य समाचार
धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान
धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान

। गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् ।

‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् ।




दर्शकले ‘धोकेबाज’ गीतलाई ‘वान्स मोर’भन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन् । उनले विद्यार्थीलाई यो समय अध्ययनको बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन् ।

यस्तै उनले आफूलाई अहिलेको अवस्थामा ‘धोकेबाज’ गीत धेरै गाउन मन नभएको बताइन् । ‘भर्खर भर्खर ब्रेकअप भएको छ । यस्तो बेला धेरैपटक धोकेबाज गाउनुहुँदैन । मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन् । त्यसपछि उनले ‘के माया लाउँछ र’ गाएकी थिइन् ।




यी बोहक उनले ‘तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौं तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौं, दुश्मन हेरेको हे¥यै मिनरल वाटरलगायतका गीत गाएकी थिइन् । चौहानले गतसाता काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुल ब्वाय र सिम्रन पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ । बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म आउने जनाएको हो । सशान कँडेल सन्तोष निर्देशित फिल्म गतवर्षको हिट फिल्म हो । कलेज जीवनको प्रेम, मित्रता र धोकाको कथावस्तुमा आधारित यो फिल्मलाई विशेषगरि युवा दर्शकले रुचाएका ...
। फिल्म प्रचारका अनौठा तरिका त धेरै देखिन्छन्, तर ‘प्रोजेक्ट हेल मेरी’ का लागि गरिएको यो प्रयास भने साँच्चै फरक छ । यसको प्रचार टोलीलाई सराहना गर्नैपर्छ । सोनी पिक्चर्सले सेन्ट इन्टु स्पेस लिमिटेडसँग मिलेर विशेष रूपमा तयार गरिएको ‘आईम्याक्स डिस्प्ले युनिट’ पृथ्वीबाट करिब १ लाख १० हजार फिट उचाइसम्म पठायो । त्यहाँ पुगेपछि सो यन्त्रले ...
। भारतका चर्चित फिल्म निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । निफ अध्यक्ष केपी पाठकका अनुसार सिप्पी काठमाडौं आउने पक्का भएको हो । सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्ममेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जनाए ...
। के-पप समूह ‘बीटीएस’ ले आफ्नो पाँचौँ पूर्ण एल्बम ‘अरिराङ’ सार्वजनिक गर्दै नयाँ कीर्तिमान बनाएको छ । हाइब अन्तर्गतको बिग हिट म्युजिकका अनुसार, एल्बमले रिलिजकै पहिलो दिन ३.९८ मिलियन प्रति बिक्री गरेको हो । लेबलका अनुसार, यो एल्बमले बीटीएसको यसअघिको पहिलो साताको बिक्री रेकर्डलाई पार गर्दै के-पप क्षेत्रमा नयाँ मानक तय गरेको छ । विश्वभरका फ्यानले ...
। ग्रामी पुरस्कार विजेता विश्वप्रसिद्ध पप गायिका शकिराको भारतमा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ । केही समयअघि मात्र यसको घोषणा गरिएको थियो र फ्यान पनि उनको कमब्याकलाई लिएर निकै उत्साहित थिए । तर कन्सर्ट स्थगित भएपछि धेरै फ्यान निराश छन् । आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै इरान-इजरायल युद्धका कारण हालका लागि कार्यक्रम स्थगित गरिएको बताएका ...