मुख्य समाचार
ओलम्पिक कमिटीको निर्वाचन कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै कारवाही प्रक्रिया अघि बढाए
ओलम्पिक कमिटीको निर्वाचन कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै कारवाही प्रक्रिया अघि बढाए

। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यसमिति बैठकले ओलम्पिक कमिटीको निर्वाचन कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै कारवाही प्रक्रिया अघि बढाएको छ ।

मंगलबार सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा बसेको सात सदस्यीय कार्यसमिति बैठकले विभिन्न विषयहरूमा छलफलसहित अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ ।




राखेपले परिषदबाट स्वीकृत विधान बमोजिम आवधिक निर्वाचन सम्पन्न गर्नेमध्ये नेपाल राफ्टिङ एण्ड क्यानोइड संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई दिइएको शर्त पालना नगरी परिषद्‍बाट सोधिएको स्पष्टिकरणको समेत अवज्ञा गरेको जनाउँदै उचित कारणसहित जवाफ समेत प्राप्त नभएकोले सफाई पेश गर्न ३ दिन समय सिमासहित मौका दिने निर्णय गरेको छ ।

जवाफ चित्त बुझ्दो नभएमा सम्बन्धित खेल संघ वा महासंघको बैंक खाता रोक्का, संघ महासंघका पदाधिकारीहरुलाई वैदेशिक सहभागितामा रोक्का र सरकारी भौत्तिक पूर्वाधार प्रयोगमा रोक्का लगायतको कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।




त्यस्तै आवधिक निर्वाचन नगर्ने र अदालतहरूबाट भएको आदेश कार्यान्वयका सम्बन्धमा नियामक निकायबाट भएको निर्देशन विपरित कार्य गर्नेमध्ये नेपाल भारत्तोलन संघ, नेपाल साईक्लिङ संघ, नेपाल व्याडमिण्टन संघ, नेपाल जिमन्याष्टिक्स संघ र नेपाल टेनिस संघलाई सफाई पेश गर्न ३ दिन समय सीमा दिइएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले समयसीमा दिइनुको कारणबारे बोल्दै यो ऐनमै तोकिएको व्यवस्था भएकाले अन्तिम मौकाको रूपमा रहने र जवाफ चित्तबुझ्दो नआएमा कारवाही प्रक्रिया अघि बढ्ने जनाए ।

‘दशौं राष्ट्रिय खेलकुद पनि आउँदै छ, विभिन्न खेलहरूको आयोजना गर्न संघ निकै मत्वपूर्ण हुन्छन् तर कानुनको पालना पनि गर्नुपर्छ, कानुनविपरित कार्य गरेमा स्वीकार्य पनि त हुँदैन’ घिसिङले भने ।

निर्णयहरू :

१. अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनको लागि परिषद्बाट भएको निर्देशन विपरित राष्ट्रिय खेल संघ महासंघको नामबाट कानुन बमोजिम आफनो नभएको पद र जिम्मेवारीलाई आफ्नो पद र जिम्मेवारी भएको भनी झुठा विवरण पेश गरी प्रतिनिधित्व गरेको भनि सम्बन्धित आधिकारीक खेल संघ र महासंघबाट लेखिआए बमोजिम देहायका व्यक्तिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिमको कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिस किन नगर्ने भनी ३ दिनभित्र उचित कारण सहित आफनो सफाई पेश गर्न मौका दिने ।
क) अखिल नेपाल टेबल टेनिस संघको नामबाट प्रतिनिधित्व गरेको भनिएका श्री चतुरानन्द राजवैद्य,
ख) नेपाल उसु महासंघको नामबाट प्रतिनिधित्व गरेको भनिएका श्री लाक्पा छिरिङ लामा,
ग) नेपाल पौडी संघको नामबाट प्रतिनिधित्व गरेको भनिएका श्री अशोकरत्न बज्राचार्य,
घ) नेपालकुस्ती सघको नामबाट प्रतिनिधित्व गरेको भनिएकाश्री समिम मियाँ अन्सारी, र
ङ) नेपाल ह्याण्डबल संघको नामबाट प्रतिनिधित्व गरेको भनिएका श्री तेज बहादुर गुरुङ्ग ।
च) संघको स्वीकृत विधान अनुसार आवधिक निर्वाचन भएको अखिल नेपाल कवड्डी संघको सचिवालयको मिति २०८१/०८/२४ को निर्णयानुसार महासचिव अरविन्द कुमार झालाई एनओसीको निर्वाचनमा प्रतिनिधि पठाउने निर्णय भई उक्त पत्र समेत एनओसीमा दर्ताको जानकारी प्राप्त भई निज महासचिवले निर्वाचन सम्बन्धी कुनै प्रक्रियामा आफ्‌नो सहभागीता नभएको स्पष्टिकरण पेश गरेकोमा संघको निर्णय विपरित अध्यक्ष श्री तुलसी थापा उक्त निर्वाचनमा सहभागी भएको सम्बन्धमा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिमको कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिस किन नगर्ने भनी ३ दिनभित्र उचित कारण सहित आफ्‌नो सफाई पेश गर्न मौका दिने ।

२. नेपाल कराते महासंघले नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भई तोकिएको समय भित्र स्पष्टीकरण पेश नगरेकोले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को (ड) र दफा २९ को उपदफा (१) बमोजिम दिईएको शर्त पालना गरेको नदेखिएको हुँदा ३ दिनभित्र आफ्‌नो उचित कारण सहित लिखित स्पष्टिकरण सोध्ने ।

३. नेपाल फेन्सिङ्ग संघले तोकिएको समय कटाई पेश गरेको लिखित स्पष्टिकरण परिषद्मा दर्ता नभएको । संघले उक्त एनओसीको निर्वाचनमा सहभागी नभएको व्यहोरा उल्लेख गरेको देखिएको भएतापनि समयमा स्पष्टिकरण पेश नगरेको हुँदा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा दफा २९ को उपदफा (१) बमोजिम दिइएको शर्त पालना गरेको नदेखिएको हुँदा उक्त संघलाई ३ दिनभित्र आफ्‌नो उचित कारण सहित लिखित स्पष्टिकरण सोध्ने ।

४. नेपाल ओलम्पिक कमिटिको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी भएतापनि सम्मानित अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनका लागि परिषदबाट भएको निर्देशन पालना गरी उक्त कार्य समितिबाट राजिनामा दिने अखिल नेपाल फुटबल संघ, नेपाल हक्की संघ र नेपाल तेक्वान्दो संघ लाई राजिनामाको यकिन गरी पेश गर्न ३ दिनको समय दिने ।

५. साथै नेपाल ओलम्पिक कमिटिको उक्त निर्वाचन प्रक्रियामा सहभागी नरहेको भनी लिखित स्पष्टीकरण पेश गर्ने नेपाल शुटिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल ट्रायथलन संघ, नेपाल पौडी संघ, नेपाल कुस्ती संघ, नेपाल उसु महासंघ र नेपाल कबड्डी संघले पेश गरेको स्पष्टिकरण चित्तबुझ्‌दो रहेको हुँदा उल्लेखित खेल संघहरुको सम्बन्धमा हाल केही गरि रहनु नपर्ने ।

६. नेपाल एथलेटिक्स संघ र नेपाल ह्याण्डबल सधले सम्मानित अदालतहरुबाट भएको आदेशको पालना गरी नेपाल ओलम्पिक कमिटिको निर्वाचन प्रक्रियामा सहभागी नभएको देखिएकोले सो सम्बन्धमा केही गरिरहनु नपर्ने तर संघले राष्ट्रिय संघ महासंघको हैसियत कायम राखिराख्नको लागि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार संगठन संरचना तयार गरी आवधिक निर्वाचन गर्ने गराउने सम्बन्धमा निर्वाचन तालिका ७ दिनभित्र पेश गर्न निर्देशन दिने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...