मुख्य समाचार
‘मै हूँ ना’को सिक्वेलमा काम गर्दै शाहरुख र फराह
‘मै हूँ ना’को सिक्वेलमा काम गर्दै शाहरुख र फराह

। सन् २००४ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘मै हूँ ना’ उनको सफल फिल्म मध्ये एक हो । फिल्ममा शाहरुखसँग फराह खानले काम गर्ने मौका पाएकी थिइन् । हुन त, दर्शकले फराहसँग शाहरुखका सबै फिल्मलाई रुचाएका छन् । अहिले ‘मै हूँ ना २’ को चर्चा छ र यो फिल्मको स्क्रिप्टमा काम सुरु भएको बताइएको छ ।

पिंकभिल्लाको रिपोर्टका अनुसार फराह खान एक स्क्रिप्टमा काम गरिरहेकी छिन् जुन ‘मै हुँ ना’को परफेक्ट सिक्वेल बन्न सक्छ ।




स्रोतका अनुसार शाहरुखको प्रोडक्सन हाउस ‘रेड चिलीज’मा यो फिल्मको काम भइरहेको बताइएको छ । शाहरुख र पत्नी गौरीको उक्त कम्पनीको ब्यानरमा बनेको ‘मै हुँ ना’ पहिलो फिल्म हो । अहिले सोही कम्पनीमा यसको सिक्वेलको तयारी पनि सुरु भएको छ । यो खबरलाई लिएर सामाजिक सञ्जालमा दर्शकको उत्साह छाएको छ ।

रिपोर्टका अनुसार शाहरुखलाई फराहले ‘मै हुँ ना २’लाई लिएर बनाएको योजना मन परेको छ । उनी आफ्नो लेखकको टोली र रेड चिलीजसँग काम गर्ने लेखकसँग पटकथामा काम गरिरहेकी छिन् ।




शाहरुखले इन-हाउस टीमलाई स्क्रिप्टमा इमानदारीपूर्वक काम गर्न र पहिलो फिल्मभन्दा पनि धेरै बलियो बनाउन आग्रह गरेका छन् । रिपोर्ट अनुसार सन् २०२५ को मध्यमा पहिलो ड्राफ्ट तयार भई त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ । स्क्रिप्ट अहिले विकासको चरणमा रहेको बताइएको छ ।

शाहरुख र फराहले यसअघि ‘मै हूँ ना’, ‘ओम शान्ति ओम’ र ‘ह्याप्पी न्यू इयर’मा सँगै काम गरिसकेका छन् । यदि यो सिक्वेल बन्यो भने यो उनीहरुको सँगै चौथो फिल्म हुनेछ । शाहरुखको अर्को फिल्म सिद्धार्थ आनन्द निर्देशित ‘किंग’ हो जुन सन् २०२६ मा रिलिज हुँदैछ । यसबाहेक उनी यशराजको स्पाई युनिभर्स फिल्म ‘पठान २’ मा पनि देखिनेछन्, जसको कथा अहिले काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...