मुख्य समाचार
‘मै हूँ ना’को सिक्वेलमा काम गर्दै शाहरुख र फराह
‘मै हूँ ना’को सिक्वेलमा काम गर्दै शाहरुख र फराह

। सन् २००४ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘मै हूँ ना’ उनको सफल फिल्म मध्ये एक हो । फिल्ममा शाहरुखसँग फराह खानले काम गर्ने मौका पाएकी थिइन् । हुन त, दर्शकले फराहसँग शाहरुखका सबै फिल्मलाई रुचाएका छन् । अहिले ‘मै हूँ ना २’ को चर्चा छ र यो फिल्मको स्क्रिप्टमा काम सुरु भएको बताइएको छ ।

पिंकभिल्लाको रिपोर्टका अनुसार फराह खान एक स्क्रिप्टमा काम गरिरहेकी छिन् जुन ‘मै हुँ ना’को परफेक्ट सिक्वेल बन्न सक्छ ।




स्रोतका अनुसार शाहरुखको प्रोडक्सन हाउस ‘रेड चिलीज’मा यो फिल्मको काम भइरहेको बताइएको छ । शाहरुख र पत्नी गौरीको उक्त कम्पनीको ब्यानरमा बनेको ‘मै हुँ ना’ पहिलो फिल्म हो । अहिले सोही कम्पनीमा यसको सिक्वेलको तयारी पनि सुरु भएको छ । यो खबरलाई लिएर सामाजिक सञ्जालमा दर्शकको उत्साह छाएको छ ।

रिपोर्टका अनुसार शाहरुखलाई फराहले ‘मै हुँ ना २’लाई लिएर बनाएको योजना मन परेको छ । उनी आफ्नो लेखकको टोली र रेड चिलीजसँग काम गर्ने लेखकसँग पटकथामा काम गरिरहेकी छिन् ।




शाहरुखले इन-हाउस टीमलाई स्क्रिप्टमा इमानदारीपूर्वक काम गर्न र पहिलो फिल्मभन्दा पनि धेरै बलियो बनाउन आग्रह गरेका छन् । रिपोर्ट अनुसार सन् २०२५ को मध्यमा पहिलो ड्राफ्ट तयार भई त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ । स्क्रिप्ट अहिले विकासको चरणमा रहेको बताइएको छ ।

शाहरुख र फराहले यसअघि ‘मै हूँ ना’, ‘ओम शान्ति ओम’ र ‘ह्याप्पी न्यू इयर’मा सँगै काम गरिसकेका छन् । यदि यो सिक्वेल बन्यो भने यो उनीहरुको सँगै चौथो फिल्म हुनेछ । शाहरुखको अर्को फिल्म सिद्धार्थ आनन्द निर्देशित ‘किंग’ हो जुन सन् २०२६ मा रिलिज हुँदैछ । यसबाहेक उनी यशराजको स्पाई युनिभर्स फिल्म ‘पठान २’ मा पनि देखिनेछन्, जसको कथा अहिले काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...