मुख्य समाचार
नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार
नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार

। नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार भएको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले उद्धार गरी ती दुई नागरिकलाई स्वदेश पठाएको हो ।

बर्लिनस्थित नेपाली राजदूतावासले जारी गरेको सूचनाअनुसार दुवैजना अध्यागमन कानुन उल्लंघनको अभियोगमा २०२४ मे महिनादेखि युक्रेनको कारागारमा थिए ।




नेपाली राजदूतावासको अथक र निरन्तर प्रयासमा युक्रेनको परराष्ट्र मन्त्रालय, युक्रेनको राजधानी किभस्थित इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आईओएम) बोर्डर सेक्युरिटी गार्डस्, किभस्थित मोल्भोडाको राजदूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतलगायको सहयोग लिएर उनीहरूको उद्धार गरिएको सूचनामा उल्लेख छ ।

दूतावासले बारम्बार सचेत गराउँदा पनि मानव तस्करहरूको प्रलोभनमा परेर अझै पनि छिटपुट रूपमा नेपाली नागरिक युक्रेन आइरहेको भन्दै विषम परिस्थितिमा रहेको कारण युक्रेनमा कुनै पनि प्रयोजनाको लागि वा कुनै प्रकारको प्रलोभनमा परेर नआउन नेपाली नागरिकहरूलाई पुनः सचेत गराएको छ ।




सूचनामा सन् २०२३ को जनवरी तेस्रो सातादेखि युक्रेनसँगको सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाल लगायतका मुलुकहरूबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीहरूलाई भिसा जारी नगर्ने निर्णय गरेको समेत नेपाली राजदूतावासले पुनःस्मरण गराएको छ ।

उसले कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपद्मा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठीन हुने भन्दै यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न सबै नेपाली नागरिकलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...
। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस ...
: हमासद्वारा बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। ...
: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ। विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे। 'यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। उहाँहरूको मृत्युको कारण अझै पुष्टि ...
। कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको छ । ‘१२/१५ जना उपचारका क्रममा छन् । केही शवहरू पनि छन् । कारणबारे हामी बुझ्दैछौं,’ ...