मुख्य समाचार
बार्सिलोनाले भ्यालेन्सियालाई ५-० फराकिलो जित निकाल्दै सेमिफाइनलमा
बार्सिलोनाले भ्यालेन्सियालाई ५-० फराकिलो जित निकाल्दै सेमिफाइनलमा

। फेरान टोरेसको ह्‍याट्रिक मद्दतमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्‍वाटरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-० गोलअन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फेरानले ह्‍याट्रिक गर्दा फर्मिन लोपेज र लामिन यमालले १-१ गोल गरे । पहिलो हाफमै ४ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल मात्र गर्‍यो ।




खेलको तेस्रो मिनेटमा नै फेरानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा उनले टोलीको अग्रता दोब्बर पारे । २३औं मिनेटमा लोपेजले गोल गर्दै ३-० को अग्रतामा पुर्‍याए ।

३०औं मिनेटमा फेरानले ह्‍याट्रिक पूरा गर्दा बार्सिलोना ४-० ले अघि बढिसकेको थियो । त्यसपछि दोस्रो हाफको ५९औं मिनेटमा यमालले गोल गरेपछि बार्साको ५-० को जित पक्का भयो ।




गएराति नै भएको अर्को खेलमा रियल सोसिडाडले ओसासुनालाई २-० ले हराउँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल पुग्ने टोलीहरूमा बार्सिलोनासँगै एट्लेटिको मड्रिड, रियल मड्रिड र रियल सोसिडाड छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...