मुख्य समाचार
ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर
ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वाशिङ्टन भ्रमणमा रहेका बेला ट्रम्पले सो अदालतलाई प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।




गाजा क्षेत्रमा बर्बर आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा इजरायलका प्रधानमन्त्री नेतन्याहू र पूर्वरक्षामन्त्री योव गालान्टमाथि गिरफ्तार वारेन्ट जारी गरेको थियो ।

ट्रम्पले सोही अदालतलाई प्रतिबन्ध लगाएर अमेरिका इजरायलको साथमा रहेको सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय अपराध अदालतको अमेरिका र इजरायल दुवै सदस्य छैनन् । उनीहरु दुवैले यो न्यायालयलाई मान्यता पनि दिएका छैनन् । रुस र चीन पनि यो न्यायालयको सदस्य छैनन् ।




नेदरल्याण्डको शहर द हेगमा अवस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतका १२४ देश सदस्य छन् । यो २००२ मा स्थापना भएको थियो ।

आईसीसीका सदस्य देशहरूले गिरफ्तारी वारेन्टमा आ्फ्नो सीमाभित्र रहेर कारबाही गर्न सक्दछन् । तर यसमा गिरफ्तार नै गर्न बाध्य भने हुँदैनन् ।

इजरायलमा ७ अक्टुबर २०२३ मा हमासले आक्रमण गरेको थियो । सो हमलामा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो । नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई हमासले बन्धक बनाएको थियो । यही आक्रमणपछि इजरायलले हमास लक्षित कारबाही सुरु गरेको थियो ।

इजरायलको आक्रमणबाट झण्डै ४६ हजार व्यक्ति मारिएको मिडिया रपोर्टहरु सार्वजनिकाभएका छन् । अहिले भने युद्धविराम भएकाले एकअर्काले बन्दीलाई रिहा क्रम चलिरहेको छ ।

सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको थियो । कार्यान्वयन भने १९ जनवरीदेखि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई फेरि चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाले गलत र गैरकानुनी रूपमा लगातार गल्फस्ट्रीम ५००, ६००, ७०० र ८०० जेटहरूलाई प्रमाणित गर्न अस्वीकार गरेको दाबी गरे। उनले ट्रुथ सोशलमा लेखेका छन्, यी जेटहरू अहिलेसम्म निर्मित सबैभन्दा परिष्कृत र प्राविधिक रूपमा उन्नत विमानहरू मध्ये एक हुन्। हामी उनीहरूको बम्बार्डियर ग्लोबल एक्सप्रेस ...
— थाईल्याण्डका राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछिन्। भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी बिहीबार अपरान्ह ४ बजे भैरहवाको बेलहिया नाका हुँदै उनी नेपाल प्रवेश गर्ने कार्यक्रम छ। ४१ वर्षे उनी बिहीबार लुम्बिनी आएर यहाँ रहेको रोयल थाई मोनाष्ट्रीमा बस्ने कार्यक्रम छ । साँझ उनले थाई विहारमा पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनीस्थित थाई मोनाष्ट्रीका प्रमुख ...
— ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले कुनै पनि सम्भावित आक्रमणको जवाफ तत्कालै र शक्तिशाली ढंगले दिइने बताएका छन् । ‘ हाम्रो प्यारो भूमी, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउनका लागि हाम्रा बहादुर सैनिकहरु तयार छन् । उनीहरुको औंला ट्रिगरमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम