मुख्य समाचार
अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काए
अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काए

— अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)ले सन् २०१९ देखि २०२४ सम्ममा ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक गरेको हो ।


आईसीईका अनुसार सीमा पार गरेर अमेरिका प्रवेश गरेकामध्ये बसोबासका लागि कुनै पनि कागजात नभएका उनीहरुलाई पक्राउ गरेर फर्काएको थियो । आईसीईको तथ्यांकमा सन् २०१९ मा १ सय ६२ जना, २०२० मा ९७ जना, २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जनालाई नेपाल फर्काइएको उल्लेख छ । सन् २०२५ मा १ हजार ३ सय ६५ नेपालीलाई फर्काइने सूचीमा राखिएको तथ्यांक यसअघि नै आईसीईले सार्वजनिक गरिसकेको छ ।


आईसीईका अनुसार गैरकानुनी ढंगले सीमा पार गरेर अमेरिका प्रवेश गरेका र उनीहरूले बसोबासका लागि कुनै कागजात नपाएकाले नेपाल उनीहरूलाई पक्राउ गरेर सम्बन्धित देश फर्काइएको हो । ‘हामीले सीमा पार गरेर अमेरिकाभित्र प्रवेश गरेपछि बसोबासका लागि कुनै किसिमका कागजात नभएका र उनीहरूसँग आफ्नो देशको नागरिकता वा पासपोर्टसमेत नभएको अवस्थामा सोधपुछपछि डिपोर्टको प्रक्रिया अघि बढाइएको थियो,’ आईसीईको रिपोर्टमा भनिएको छ, ‘प्रक्रिया अघि बढाएको छोटो अवधिमै उनीहरूलाई सम्बन्धित देश फर्काइएको थियो ।’

नेपालीसँगै ६ वर्षको अवधिमा अमेरिकाबाट ९ लाख ९८ हजार ३ सय ३४ जना कागजातविहिन आप्रवासीलाई निष्कासन गरिएको तथ्यांकमा उल्लेख छ । यसवर्ष मात्र १४ लाख ४५ हजार ५ सय ४९ लाई निष्कासन गर्ने आईसीईको तयारी छ । आईसीईको बार्षिक रिपोर्ट अनुसार सन् २०१९ मा २ सय ६७ हजार २ सय ५८ जना २०२० मा १ लाख ८५ हजार ८ सय ८४ जना, २०२१ मा ५९ हजार ११ जना, २०२२ मा ७२ हजार १ सय ७७जना, २०२३ मा १ लाख ४२ हजार ५ सय ८० जना र २०२४ मा २ लाख ७१ हजार ४ सय ८४ लाई निष्कासन गरिएको थियो ।

यो अवधिमा निष्कासन गरिएकामध्ये सबैभन्दा बढी मेक्सिकोका ४ लाख ३४ हजार ८ सय २७ छन् । सन् २०१९ मा १ लाख २७ हजार ४ सय ९२, २०२० मा १ लाख ३ सय ८८, २०२१ मा ३१ हजार ७ सय ६१, २०२२ मा ३३ हजार ८ सय २२, २०२३ मा ५४ हजार ५६ र २०२४ मा ८७ हजार २ सय ९८ मेक्सिकन अमेरिकाबाट निकालिएका थिए । दोस्रोमा ग्वाटेमालाका १ लाख ८५ हजार ७ सय १३ र तेस्रोमा होल्डुरसका १ लाख ४२ हजार ३ सय ४९ लाई आफ्नै देश फर्काइएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै सबै कागजातविहिन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने घोषणा गरिसकेका छन् । उनले निष्कासन कार्यलाई तीब्रता दिन दैनिक १ हजार ५ सय बढीलाई पक्राउ गरी कारबाही अघि बढाउन निर्देशनसमेत दिएका थिए । प्यु रिसर्चका अनुसार अमेरिकामा हाल १ करोड १० लाख कागजातविहिन आप्रवासी छन् । तीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...
: अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष ...
— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् । प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले ...