मुख्य समाचार
अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काए
अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काए

— अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)ले सन् २०१९ देखि २०२४ सम्ममा ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक गरेको हो ।


आईसीईका अनुसार सीमा पार गरेर अमेरिका प्रवेश गरेकामध्ये बसोबासका लागि कुनै पनि कागजात नभएका उनीहरुलाई पक्राउ गरेर फर्काएको थियो । आईसीईको तथ्यांकमा सन् २०१९ मा १ सय ६२ जना, २०२० मा ९७ जना, २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जनालाई नेपाल फर्काइएको उल्लेख छ । सन् २०२५ मा १ हजार ३ सय ६५ नेपालीलाई फर्काइने सूचीमा राखिएको तथ्यांक यसअघि नै आईसीईले सार्वजनिक गरिसकेको छ ।


आईसीईका अनुसार गैरकानुनी ढंगले सीमा पार गरेर अमेरिका प्रवेश गरेका र उनीहरूले बसोबासका लागि कुनै कागजात नपाएकाले नेपाल उनीहरूलाई पक्राउ गरेर सम्बन्धित देश फर्काइएको हो । ‘हामीले सीमा पार गरेर अमेरिकाभित्र प्रवेश गरेपछि बसोबासका लागि कुनै किसिमका कागजात नभएका र उनीहरूसँग आफ्नो देशको नागरिकता वा पासपोर्टसमेत नभएको अवस्थामा सोधपुछपछि डिपोर्टको प्रक्रिया अघि बढाइएको थियो,’ आईसीईको रिपोर्टमा भनिएको छ, ‘प्रक्रिया अघि बढाएको छोटो अवधिमै उनीहरूलाई सम्बन्धित देश फर्काइएको थियो ।’

नेपालीसँगै ६ वर्षको अवधिमा अमेरिकाबाट ९ लाख ९८ हजार ३ सय ३४ जना कागजातविहिन आप्रवासीलाई निष्कासन गरिएको तथ्यांकमा उल्लेख छ । यसवर्ष मात्र १४ लाख ४५ हजार ५ सय ४९ लाई निष्कासन गर्ने आईसीईको तयारी छ । आईसीईको बार्षिक रिपोर्ट अनुसार सन् २०१९ मा २ सय ६७ हजार २ सय ५८ जना २०२० मा १ लाख ८५ हजार ८ सय ८४ जना, २०२१ मा ५९ हजार ११ जना, २०२२ मा ७२ हजार १ सय ७७जना, २०२३ मा १ लाख ४२ हजार ५ सय ८० जना र २०२४ मा २ लाख ७१ हजार ४ सय ८४ लाई निष्कासन गरिएको थियो ।

यो अवधिमा निष्कासन गरिएकामध्ये सबैभन्दा बढी मेक्सिकोका ४ लाख ३४ हजार ८ सय २७ छन् । सन् २०१९ मा १ लाख २७ हजार ४ सय ९२, २०२० मा १ लाख ३ सय ८८, २०२१ मा ३१ हजार ७ सय ६१, २०२२ मा ३३ हजार ८ सय २२, २०२३ मा ५४ हजार ५६ र २०२४ मा ८७ हजार २ सय ९८ मेक्सिकन अमेरिकाबाट निकालिएका थिए । दोस्रोमा ग्वाटेमालाका १ लाख ८५ हजार ७ सय १३ र तेस्रोमा होल्डुरसका १ लाख ४२ हजार ३ सय ४९ लाई आफ्नै देश फर्काइएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै सबै कागजातविहिन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने घोषणा गरिसकेका छन् । उनले निष्कासन कार्यलाई तीब्रता दिन दैनिक १ हजार ५ सय बढीलाई पक्राउ गरी कारबाही अघि बढाउन निर्देशनसमेत दिएका थिए । प्यु रिसर्चका अनुसार अमेरिकामा हाल १ करोड १० लाख कागजातविहिन आप्रवासी छन् । तीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् ...
। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो । कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन ...
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...
: साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन् । श्रमिकहरूको बढ्दो संख्या, यात्रा सहजीकरण, आपतकालीन व्यवस्थापन तथा राष्ट्रिय ध्वजावाहक सेवाको आवश्यकता औँल्याउँदै सरोकारवालाहरूले नियमित उडान विस्तारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरूका लागि हवाई सेवा केवल यात्राको विषय मात्र नभई आवश्यकता, ...