मुख्य समाचार
ट्वान्टी-२० क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित
ट्वान्टी-२० क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित

— नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा बिहीबार थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित गरेपछि उपाधिको निर्णय अन्तिम दिनको खेलमा पुगेको छ ।


नेदरल्यान्ड्सले १ सय १० रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको थियो । टोलीले अन्तिम ओभरमा ८ रन बनाउदै स्मरणीय विजय हात पारेको थियो । सिल्भर सिगर्सले अन्तिम बलमा २ रन बनाउदै विजयी रन बटुलेकी थिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ९ रन बनाएको थियो ।


थाइल्यान्ड र नेदरल्यान्ड्स दुवैले समान ५ विजय हात पारेका छन् । नेदरल्यान्ड्सले सबै ६ खेल खेलिसकेको छ भने थाइल्यान्डले शुक्रबार अन्तिम दिनको खेलमा नेपालसँग खेल्दै छ । नेपाललाई पराजित गरेमा थाइल्यान्ड विजेता बन्ने छ । तर नेपालले विजय हात पारेमा नेदरल्यान्ड्स थाइल्यान्डबीचको खेल नेट रनरेटका आधारमा निर्णय हुनेछ ।
सहभागी टोलीले एक अर्कासँग ३–३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई पहिलो पटक पराजित गरेको हो । नेदरल्यान्ड्सले यसअघिका ५ खेलमा ३ जित र हार बेहोरेको थियो । टोलीको तीनै जित नेपालसँग रहेको छ भने दुवै हार थाइल्यान्डसँग रहेको छ ।

फेब मोलकेनबोइरले ४२ बलमा २ चौकाको मद्दतमा ३२, रोबिन रिज्केले २१ बलमा १ चौका प्रहार गरि २० र स्टेर कालिसले १४ रन बनाई नेदरल्यान्ड्सलाई विजयी बनाए । थाइल्यान्डबाट थिपत्चा पुथावोङले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई विजयी बनाउन सकिनन् । ओनिचा कामचोम्फुले ४ ओभरमा १९ रन खर्चेर ३ र फनिता मायाले २ विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गर्नेक्रममा अफिसरा सुवानचोनराथी शुन्य, नानापात कोन्चारोइन्काई ३ र नताया बुचाथन ६ रनमा आउट भएपछि थाइल्यान्डले पाँचौँ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । त्यसपछि कप्तान नारुइमोल चाइवाईले १५ रन बनाइन् ।

नाथाकन चानथमले चानिदा सुथिरुएङसँग पाँचौं विकेटमा ६६ रनको महत्त्वपूर्ण साझेदारी गरे । सुथिरुएङले २८ बल खेली ४ चौकासहित ३२ रन बनाइन् । चानथम ४६ बल खेलि ४ चौका र १ छक्का प्रहार गरी ३६ र सुवानान खिएटोले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस विलिङले ४ ओभरमा ९ रनमात्र खर्चेर ३ र हिथर सिगर्सले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...