मुख्य समाचार
गाजा कब्जा गर्ने ट्रम्पको विचारको विरोध गर्दै साउदी अरब
गाजा कब्जा गर्ने ट्रम्पको विचारको विरोध गर्दै साउदी अरब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्रकार सम्मेलनमा गाजा पट्टीलाई अमेरिकी नियन्त्रणमा लिने बताएका थिए। ट्रम्पले अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँ पुनर्निर्माण उल्लेख गरेका थिए।


यसलाई पश्चिमी एसियाको लागि रोजगारी र पर्यटनको केन्द्र बनाउने उनको भनाइ थियो।

ट्रम्पको यो भनाइको मध्यपूर्वका धेरै देशहरूले विरोध जनाएका छन्। साउदी अरेबियाले उक्त कुराको विरोध गर्दै आफूहरु प्यालेस्टाइनी जनताको साथमा रहेको बताएको छ। गाजामा साम्राज्यवादी मनसायसहितको कुनै पनि प्रकारको घुसपैठको विरोध गर्ने जनाएको छ। प्यालेस्टाइन अस्तित्वमा रहे मात्र इजरायलसँग सम्बन्ध सम्भव रहेकोले गाजाका मानिसहरूको निष्कासन सहन नगरिने उल्लेख गरेको छ।



त्यस्तै संयुक्त राष्ट्रसंघले पनि गाजालाई कुनै पनि तरिकाले कब्जा गर्नु र त्यहाँका मानिसहरूलाई विस्थापित गर्नु अन्तर्राष्ट्रिय नियमहरू विरुद्ध भएको बताएको छ।

बुधबार भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेट र पत्रकार सम्मेलनमा ट्रम्पले गाजामा बसोबास गर्ने २३ लाख मानिसहरूलाई इजिप्ट र जोर्डन जस्ता देशहरूमा बसोबास गराइने जनाएका थिए। अमेरिकाले अब पश्चिम एसियाको समस्या समाधान गर्न दीर्घकालीन योजनामा ​​काम गर्न थालेको पनि उनले उल्लेख गरेका थिए।

ट्रम्पले उक्त योजना सम्पूर्ण विश्वको लागि लाभदायक साबित हुने पनि जनाएका छन्। यसको नतिजा चाँडै नै आउनेछ। नेतान्याहूले पनि उनको योजनामा समर्थन जनाएका थिए।

जोर्डन, टर्की र प्यालेस्टाइनको पनि विरोध

साउदी र संयुक्त राष्ट्रसंघसँगै जोर्डन, टर्की र प्यालेस्टाइनले पनि ट्रम्पको भनाइको विरोध गरेका छन्। जोर्डनले गाजामा जग्गा कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट निष्कासन गर्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ।

टर्कीले गाजाबाट प्यालेस्टिनीहरूलाई निकाल्ने विचार पनि सहन नसकिने जनाएको छ। गाजाका जनताको सहमति बिना कुनै पनि निर्णय नहुने, यदी त्यसो भए आफूहरुले विरोध गर्ने टर्कीको भनाइ छ।

प्यालेस्टाइनले गाजाबाट प्यालेस्टिनी जनतालाई निष्कासन गर्नु पूर्णतया गैरकानूनी कार्य हुने बताएको छ। त्यसविरुद्ध आफूहरूले निरन्तर संघर्ष गरिरहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...