मुख्य समाचार
अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसामार्फत एकैपटक ८५ हजार कामदार ल्याउने
अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसामार्फत एकैपटक ८५ हजार कामदार ल्याउने

— अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसामार्फत एकैपटक ८५ हजार कामदार ल्याउने भएको छ । लटरीका रूपमा खुलाइने एच-वानबीमार्फत विश्वभरबाट कामदार ल्याउँदै आएको अमेरिकाले २०२६ मा एकैपटक ८५ हजार कामदारलाई भिसा दिने योजना अघि बढाएको हो ।


यो भिसा प्राप्तका लागि जोसुकैले पनि अनलाइनमार्फत फारम भर्न पाउने छैनन । अमेरिकामा रहेको कुनै एक कम्पनीले रोजगारीका लागि अवसर दिएको अवस्थामा रोजगारदाता कम्पनी, उसको प्रतिनिधि वा कम्पनीको आधिकारिक कानुन व्यवसायीले मात्र अनलाइनमार्फत आवेदन दर्ता गर्नसक्ने युनाइटेड स्टेट्स सिटीजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस)ले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।


स्नातक वा स्नोत्तकोत्तर उतीर्ण गरेकाहरूले भिसाका आवेदन दिन सक्ने र इन्जिनियर, डाक्टर, प्राविधिकहरू यो भिसाका लागि प्रारम्भिक योग्य हुने यूएससीआईएसले दाबी गरेको छ । २०२५ मार्च ७ देखि मार्च २४ सम्म आवेदन दिन सकिने समयसीमा र शुल्क २ सय १५ अमेरिकी डलर तोकिएको छ ।

अनलाइनमार्फत लिइने फारम दर्ता अवधि सकिएपछि आवेदन दिएकालाई लोटरीबाट चयन गरिने र अन्तर्वार्ताका लागि बोलाइने यूएससीआईएसले जनाएको छ । यो भिसाको अवधि सुरुमा ३ वर्ष र पछि ६ वर्षसम्म थप्न सकिने प्रावधान छ । यो भिसामार्फत विश्वका विभिन्न देशबाट विशेषगरी आईटी क्षेत्रका कामदारहरू अमेरिका आउने गरेका छन् । जसमध्ये भारतीयहरूको संख्या अधिक छ । यो भिसा सन् १९९० को अध्यागमन ऐनअन्तर्गत अघि बढाइएको हो । विशेषगरी नर्सहरूका लागि एच-वानए र अन्य रोजगारका लागि एच-वानबी छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...
— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् । टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे ...
— संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ । अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छ, जसले ...
— इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’ अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने ...
— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् । सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ ...