मुख्य समाचार
ट्रान्सजेन्डर एथलीटलाई महिला खेलकुदमा भाग लिन प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर
ट्रान्सजेन्डर एथलीटलाई महिला खेलकुदमा भाग लिन प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्रान्सजेन्डर एथलीटलाई महिला खेलकुदमा भाग लिन प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।


ट्रम्पले दर्जनौं बालबालिका र महिला खेलाडीहरूले घेरिएको ह्वाइट हाउसमा उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।

उनले हस्ताक्षर गर्नुअघि भने, 'अबदेखि महिला खेलकुद महिलाहरूको लागि मात्र हुनेछ। यो कार्यकारी आदेशसँगै महिला खेलकुदमाथिको युद्ध समाप्त भएको छ।'




ट्रम्पले महिला एथलीटहरूको गौरवशाली परम्पराको रक्षा गर्ने बताए। पुरुषहरूलाई महिला र केटीहरूलाई कुटपिट गर्न, घाइते बनाउनका साथै धोका दिन अनुमति नदिने उल्लेख गरे।
ट्रम्पको अमेरिकी सरकारी एजेन्सीहरूलाई महिला टोलीहरूमा ट्रान्सजेन्डर खेलाडीलाई प्रतिस्पर्धा गर्न अनुमति दिने विद्यालयहरूलाई अनुदान नदिन आदेश दिएका छन्।

ट्रम्पले २०२८ को लस एन्जलस खेल अघि ट्रान्सजेन्डर खेलाडीहरू सम्बन्धी नियमहरू परिवर्तन गर्न अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) लाई दबाब दिने पनि बताए।

ट्रम्पले होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्टी नोएमलाई महिला खेलाडी बनेर संयुक्त राज्य अमेरिकामा छलकपटपूर्वक प्रवेश गर्ने प्रयास गर्ने पुरुषहरूले गरेको भिसा आवेदनहरू अस्वीकार गर्न निर्देशन दिएका छन्।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुबाटै बारम्बार तेस्रो लिंगीलाई लक्षित गरेर विभिन्न निर्णय गरेका छन्।

आफ्नो उद्घाटन भाषणमा ट्रम्पले अमेरिकी सरकारको नीतिले केवल दुई लिङ्ग, पुरुष र महिलालाई मात्र मान्यता दिने बताएका थिए।

यसअघि ट्रम्पले सेनामा ट्रान्सजेन्डर नराख्ने पनि निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ब्रिक्स देशका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आइपुगेका रूसी विदेशमन्त्री सर्गेई लाभरोभले भारत र रुसबीचको सम्बन्ध अटुट रहेको बताएका छन् । दुई देशबीचको दूरी बढ्नु असम्भव रहेको र यसको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । पत्रकारहरूसँगको कुराकानीमा विदेशमन्त्री लाभरोभले भारत र रुसको सम्बन्धलाई कुनै एउटा शब्दमा मात्र सीमित गर्न कठिन हुने उल्लेख गरे ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको छ । यस भ्रमणलाई हतियार कटौतीका विषयमा वार्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । हालैका वर्षहरूमा चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । सीएनएनको एक अनुसन्धानका अनुसार चीनले आणविक हतियार उत्पादन केन्द्रहरू निर्माण गर्न गाउँ ...
: भारतको एक चार सदस्यीय परिवार आफ्नै घरमा मृत फेला परेको लगभग तीन हप्ता बितिसक्दा पनि अनुसन्धानकर्ताहरूले वास्तवमा के हो भन्ने पत्ता लगाउन सकेका छैनन् । अब्दुल्लाह, उनकी पत्नी नसरीन र दुई छोरी आयशा तथा जैनब अप्रिल २५ मा मुम्बईको पायधोनी क्षेत्रमा रहेको घरमा मृत फेला परेका थिए । घटनाको समाचार सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमहरूले ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् । अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् । रोचक कुरा के छ भने, चीनले उनलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो । बेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी ...
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...