मुख्य समाचार
अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगे
अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगे

— अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको जहाज विमान अवतरण गरेको छ । अमेरिकी सेनाको उक्त जहाज पञ्जाब प्रान्तको अमृतसरस्थित श्री गुरू रामदास जी अन्तराष्ट्रिय विमास्थलमा अवतरण गरेको हो ।


अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । तीमध्ये २५ महिला र १२ बालबालिका रहेका जनाइएको छ । विमानमा ११ चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू रहेका छन् ।


बुधबार भारत ल्याइएका आप्रवासीहरू पञ्जाव, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका जनाइएको छ । तीमध्ये सबैभन्दा बढी ३३ जना गुजरातका छन् । पञ्जाबका ३२ जना रहेका जनाइएको छ । अन्य आप्रवासी उत्तर प्रदेश र महाराष्ट्रका भएका इन्डियन एक्सप्रेसले जनाएको छ ।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीलाई डिपोर्ट गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा 'अवैध रूपमा' रहेका भारतीय नागरिकको 'न्यायसंगत फिर्ती' का लागि तयार रहेको बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि यशंकरले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकामा रहेका अवैध नागरिक फिर्ता लिन तयार रहेको बताएका थिए ।

पछिल्ला तथ्यांकहरू अनुसार भारतले अमेरिकामा रहेका १७ हजार ९ सय ४० अवैध वा कागजात नभएका भारतीयलाई फिर्ता ल्याउन ट्रम्प प्रशासनसँग काम गरिरहेको बताइएको छ ।

पिउ रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरूमा भारतीयको संख्या तेस्रो स्थानमा छ । पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा अनुमानित ७ लाख २५ हजार कागजबिहीन भारतीय आप्रवासीहरू छन् । यो मेक्सिको र एल साल्भाडोरपछिको ठूलो संख्या हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...