मुख्य समाचार
अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगे
अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगे

— अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको जहाज विमान अवतरण गरेको छ । अमेरिकी सेनाको उक्त जहाज पञ्जाब प्रान्तको अमृतसरस्थित श्री गुरू रामदास जी अन्तराष्ट्रिय विमास्थलमा अवतरण गरेको हो ।


अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । तीमध्ये २५ महिला र १२ बालबालिका रहेका जनाइएको छ । विमानमा ११ चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू रहेका छन् ।


बुधबार भारत ल्याइएका आप्रवासीहरू पञ्जाव, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका जनाइएको छ । तीमध्ये सबैभन्दा बढी ३३ जना गुजरातका छन् । पञ्जाबका ३२ जना रहेका जनाइएको छ । अन्य आप्रवासी उत्तर प्रदेश र महाराष्ट्रका भएका इन्डियन एक्सप्रेसले जनाएको छ ।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीलाई डिपोर्ट गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा 'अवैध रूपमा' रहेका भारतीय नागरिकको 'न्यायसंगत फिर्ती' का लागि तयार रहेको बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि यशंकरले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकामा रहेका अवैध नागरिक फिर्ता लिन तयार रहेको बताएका थिए ।

पछिल्ला तथ्यांकहरू अनुसार भारतले अमेरिकामा रहेका १७ हजार ९ सय ४० अवैध वा कागजात नभएका भारतीयलाई फिर्ता ल्याउन ट्रम्प प्रशासनसँग काम गरिरहेको बताइएको छ ।

पिउ रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरूमा भारतीयको संख्या तेस्रो स्थानमा छ । पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा अनुमानित ७ लाख २५ हजार कागजबिहीन भारतीय आप्रवासीहरू छन् । यो मेक्सिको र एल साल्भाडोरपछिको ठूलो संख्या हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...