मुख्य समाचार
फिलिपिन्सको संसद्ले भ्रष्टाचारको आरोप लागेकी उपराष्ट्रपति सारा डुटेर्टेलाई महाभियोग लगाउने पक्षमा मतदान
फिलिपिन्सको संसद्ले भ्रष्टाचारको आरोप लागेकी उपराष्ट्रपति सारा डुटेर्टेलाई महाभियोग लगाउने पक्षमा मतदान

— फिलिपिन्सको संसद्ले भ्रष्टाचारको आरोप लागेकी उपराष्ट्रपति सारा डुटेर्टेलाई महाभियोग लगाउने पक्षमा मतदान गरेको छ । संसद्‌मा बुधबार भएको मतदानमा प्रतिनिधिसभाका कुल ३ सय ६ सदस्यमध्ये २ सय १५ जनाले महाभियोगको पक्षमा मतदान गरेका बीबीसीले जनाएको छ ।


पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारालाई सार्वजनिक कोषमा करोडौं डलरको दुरुपयोग गरेको र राष्ट्रपति फर्डिनान्ड बोङबाोङ मार्कोस जूनियरको हत्याका लागि धम्की दिएको आरोप लगाइएको छ ।

उपराष्ट्रपति साराले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् । आफू राजनीतिक प्रतिशोधको शिकार भएको उनको दाबी छ । पछिल्लो कदमलाई मार्कोस र डुटेर्टे परिवारबीचको झगडा थप चर्किएको देखिएको छ । दुई पक्षबीचको तनावले राष्ट्रिय राजनीति र अन्य मुद्दालाई किनारमा पारेको छ ।

साराविरूद्धको महाभियोगबारे २४ सदस्यीय सिनेटले अन्तिम निर्णय लिने जनाइएको छ । सिनेटबाट दोषी ठहरिएको खण्डमा सारा उपराष्ट्रपति पदबाट हट्नेछिन् र उनी फिलिपिन्सको इतिहासमै महाभियोग लाग्ने पहिलो उपराष्ट्रपति हुनेछन् । सिनेटको निर्णय नआएसम्म भने उनी पदमा रहिरहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...