मुख्य समाचार
अमेरिकी विदेश विभागले पानामा नहरबाट गुज्रने अमेरिकी पानी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने
अमेरिकी विदेश विभागले पानामा नहरबाट गुज्रने अमेरिकी पानी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने

: अमेरिकी विदेश विभागले पानामा नहरबाट गुज्रने अमेरिकी पानी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने जनाएको छ। यसले वर्षेनी अमेरिकाको लाखौं डलर बचत हुने अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।


राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि अमेरिकी जहाजले शुल्क बिना पनामा नहरबाट जान अनुमति पाएको हो।

अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछिको पहिलो भाषणमा नै ट्रम्पले चीनले फेरि पनामा नहर सञ्चालन गरिरहेको दाबी गरेका थिए।



ट्रम्पले पनामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूलाई लिइने भारी शुल्क बल प्रयोग गरेर भए पनि फिर्ता लिने धम्की पनि दिएका थिए।

उनले भनेका थिए, 'चीनले पानामा नहर सञ्चालन गरिरहेको छ। हामीले यो चीनलाई दिएका छैनौं। हामीले यो पानामालाई दिएका थियौं। फेरि फिर्ता लिने छौं।'

८२ किलोमिटर लामो पानामा नहर मध्य अमेरिकाको मध्य भागबाट बग्छ। यो प्रशान्त र एट्लान्टिक महासागरहरूलाई जोड्ने मुख्य कडी हो।

प्रत्येक वर्ष लगभग १४,००० पानी जहाजहरूले यस नहरलाई सर्टकटको रूपमा प्रयोग गर्छन्। नहर बन्नुअघि ती जहाजहरूले दक्षिण अमेरिका हुँदै लामो र महँगो यात्रा गर्नुपर्थ्यो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...