मुख्य समाचार
डच महिलाको कीर्तिमानी ब्याटिङ
डच महिलाको कीर्तिमानी ब्याटिङ

— सुरुका चारै खेलमा पराजित नेपाली ब्याटिङ महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा पहिलो पटक सकारात्मक हिसाबमा देखिएको थियो । नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो ।



पूजा महतो र कप्तान इन्दु बर्माले जोडदार ब्याटिङ गरी ठोस साझेदारी गरेका थिए । पूजाले नेपाली खेलाडीको रूपमा प्रतियोगितामा पहिलो अर्धशतक बनाइन् । तर बलिङ र फिल्डिङमा खासै सुधार नभएपछि नेपालको हार रोकिएन ।

डच खेलाडी स्टेर कालिस र फेब मोलकेनबोइरले कीर्तिमानी शतकीय साझेदारी गरेपछि नेदरल्यान्ड्सले नेपालमाथि १० विकेटको विजय हात पार्‍यो । कालिस र मोलकेनबोइरको सानदार ब्याटिङमा नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ४६ रनको लक्ष्य २ बल अगाडि १ सय ५१ रन बनाएर पूरा गरेको थियो ।

महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि नेदरल्यान्ड्सको यो सवैभन्दा ठूलो साझेदारी हो । यसअघि कालिस र डेनिस भान डेभेन्टरले सन् २०१९ मा जर्मनीविरुद्ध दोस्रो विकेटमा १ सय ४४ रनको साझेदारी गरेका थिए ।

कालिस ९८ र मोलकेनबोइर ४८ रन बनाएर लक्ष्य पूरा गरे । विजयी छक्का प्रहार गरेकी कालिसले ६९ बलमा कुल ११ चौका र २ छक्का प्रहार गरिन् । मोलकेनबोइरले ४९ बलमा ४ चौका प्रहार गरिन् ।

शृंखलामा नेपालको लगातार पाँचौं हार हो । नेदरल्यान्ड्सले ५ मध्ये तीन खेल जितेको छ । नेदरल्यान्ड्सले जितेका सबै तीन खेल नेपालसँग छ । नेदरल्यान्ड्सले यस विजयसँगै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । थाइल्यान्ड पहिलो चारै खेल जितेर तीन राष्ट्रसम्मिलित प्रतियोगिताको शीर्षस्थानमा छ ।


नेदरल्यान्ड्स र थाइल्यान्डबीच बिहीबार खेल हुनेछ । नेपालले प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्नेछ । सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालबाट पूजा र कप्तान इन्दुले सानदार ब्याटिङ गरे । पूजाले अविजित ६२ रन बनाई महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाइन् । गत वर्ष फेब्रुअरीमा उनले माल्दिभ्सविरुद्ध मलेसियामा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा अविजित ५९ रन बनाएकी थिइन् ।


पूजाले ५१ बल खेलेर ५ चौका प्रहार गरिन् । इन्दुले ३७ बलमा ५ चौकासहित ३९ रन बनाइन् । सम्झना खड्का ६ रन बनाई पहिलो ओभरमा आउट भइन् । अर्की ओपनर ममता चौधरी १ रन बनाई आउट भएपछि इन्दु र पूजाले तेस्रो विकेटमा ६३ बलमा ७८ रनको साझेदारी गरिन् ।

पूर्वकप्तान रुबिना क्षेत्रीले १७ बलमा ३ चौकासहित २० रन बनाइन् । कविता जोशी ६ बलमा १ छक्कासहित ७ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सबाट आइरिस विलिङले २ तथा क्यारोलिन डी लाङ्गे र हिथर्स सिगर्सले १–१ विकेट लिएका थिए ।

‘फिल्डिङ देखेर लाज लागिरहेछ’ : पूजा महतो

हाम्रो ब्याटिङ राम्रै भयो । तर प्रतियोगिता सुरुदेखि नै हाम्रो फिल्डिङ फितलो भइरहेको छ । बलिङ पनि ठिकै थियो । फिल्डरको प्रयासले मात्र बलिङ राम्रो देखिन्छ । फिल्डिरको प्रयास भएन भने बलिङ नराम्रो देखिन्छ । फिल्डरले अझै राम्रो गर्न सक्थे जस्तो लाग्छ, त्यस्तोमा हामी जित्न पनि सक्थ्यौं । हाम्रो फिल्डरहरूले कति पटक त क्याचको प्रयास पनि गरेका छैनन् ।

ब्याटिङमा हामीले १ सय ४० रनको लक्ष्य बनाएका थियौं । तर १ सय ४५ रन बनाउन सक्यौं । यत्रो समर्थक अगाडि खेलिरहेका छौं । समर्थकले यत्रो समर्थन देखाइरहनुभएको छ । ४ खेल हारिसकेको हामीलाई समर्थकबाट ठूलो समर्थन मिलिरहेको थियो । तर। हामीले कुनै विकेट लिन सकेनौं । यो आफैंमा लज्जाको विषय हो । एउटा बलरको हिसाबमा मलाई पनि आज एकदमै नराम्रो लागिरहेको छ । ब्याटिङमा केही गरेकी थिएँ, बलिङमा पनि केही गर्न चाहन्थें । त्यस्तो केही हुन सकेन् ।

फ्ल्याट विकेट नै थियो । यो विकेट स्पिन ट्र्याक हो । पेस बलरको बलमा रन बनिरहेको थियो, त्यही भएर म स्लो बल फालिरहेको थिएँ । उनीहरूको राम्रो भयो तर हाम्रो राम्रो भएन । हामीले डाइभिङ टेक्निकहरूमा ध्यान दिनुपर्छ । जो खेलाडीहरू जहाँ छन्, त्यहींका प्रशिक्षकसँग फिटनेसमा ध्यान दिनुपर्छ ।

फिटनेस भएपछि फिल्डिङ आफै सुधार भइहाल्छ । स्किलमा हामी नेदरल्यान्ड्समात्र नभएर थाइल्यान्डसरह नै छौं । तर, फिल्डिङमा यी दुई टोली धेरै राम्रा छन् । त्यही भएर उनीहरू म्याच पनि जित्छन् र वरीयतामा हामीभन्दा धेरै माथि छन् ।

मलाई यही कारण आफ्नै प्रदर्शनले पनि सन्तुष्टि दिन सकेको छैन । टिमले जित्यो भने मात्र आफ्नो व्यक्तिगत प्रदर्शन राम्रो लाग्छ । मैले ब्याटिङमा राम्रो गरे पनि बलिङमा खासै केही गर्न सकिनँ । अब म आफ्नो बलिङ पनि सुधार्छु । ब्याटिङ पनि अझै राम्रो गर्न सक्छु जस्तो लाग्छ । अन्तिम ओभरतिर म १–२ रनलाई गएको थिएँ, तर बाउन्ड्रीतिर जानुपर्थ्यो मैले । टिमभित्रको कुरा केही छैन, फिल्डिङले गर्दा नेपाल टिम पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...