मुख्य समाचार
डच महिलाको कीर्तिमानी ब्याटिङ
डच महिलाको कीर्तिमानी ब्याटिङ

— सुरुका चारै खेलमा पराजित नेपाली ब्याटिङ महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा पहिलो पटक सकारात्मक हिसाबमा देखिएको थियो । नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो ।



पूजा महतो र कप्तान इन्दु बर्माले जोडदार ब्याटिङ गरी ठोस साझेदारी गरेका थिए । पूजाले नेपाली खेलाडीको रूपमा प्रतियोगितामा पहिलो अर्धशतक बनाइन् । तर बलिङ र फिल्डिङमा खासै सुधार नभएपछि नेपालको हार रोकिएन ।

डच खेलाडी स्टेर कालिस र फेब मोलकेनबोइरले कीर्तिमानी शतकीय साझेदारी गरेपछि नेदरल्यान्ड्सले नेपालमाथि १० विकेटको विजय हात पार्‍यो । कालिस र मोलकेनबोइरको सानदार ब्याटिङमा नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ४६ रनको लक्ष्य २ बल अगाडि १ सय ५१ रन बनाएर पूरा गरेको थियो ।

महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि नेदरल्यान्ड्सको यो सवैभन्दा ठूलो साझेदारी हो । यसअघि कालिस र डेनिस भान डेभेन्टरले सन् २०१९ मा जर्मनीविरुद्ध दोस्रो विकेटमा १ सय ४४ रनको साझेदारी गरेका थिए ।

कालिस ९८ र मोलकेनबोइर ४८ रन बनाएर लक्ष्य पूरा गरे । विजयी छक्का प्रहार गरेकी कालिसले ६९ बलमा कुल ११ चौका र २ छक्का प्रहार गरिन् । मोलकेनबोइरले ४९ बलमा ४ चौका प्रहार गरिन् ।

शृंखलामा नेपालको लगातार पाँचौं हार हो । नेदरल्यान्ड्सले ५ मध्ये तीन खेल जितेको छ । नेदरल्यान्ड्सले जितेका सबै तीन खेल नेपालसँग छ । नेदरल्यान्ड्सले यस विजयसँगै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । थाइल्यान्ड पहिलो चारै खेल जितेर तीन राष्ट्रसम्मिलित प्रतियोगिताको शीर्षस्थानमा छ ।


नेदरल्यान्ड्स र थाइल्यान्डबीच बिहीबार खेल हुनेछ । नेपालले प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्नेछ । सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालबाट पूजा र कप्तान इन्दुले सानदार ब्याटिङ गरे । पूजाले अविजित ६२ रन बनाई महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाइन् । गत वर्ष फेब्रुअरीमा उनले माल्दिभ्सविरुद्ध मलेसियामा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा अविजित ५९ रन बनाएकी थिइन् ।


पूजाले ५१ बल खेलेर ५ चौका प्रहार गरिन् । इन्दुले ३७ बलमा ५ चौकासहित ३९ रन बनाइन् । सम्झना खड्का ६ रन बनाई पहिलो ओभरमा आउट भइन् । अर्की ओपनर ममता चौधरी १ रन बनाई आउट भएपछि इन्दु र पूजाले तेस्रो विकेटमा ६३ बलमा ७८ रनको साझेदारी गरिन् ।

पूर्वकप्तान रुबिना क्षेत्रीले १७ बलमा ३ चौकासहित २० रन बनाइन् । कविता जोशी ६ बलमा १ छक्कासहित ७ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सबाट आइरिस विलिङले २ तथा क्यारोलिन डी लाङ्गे र हिथर्स सिगर्सले १–१ विकेट लिएका थिए ।

‘फिल्डिङ देखेर लाज लागिरहेछ’ : पूजा महतो

हाम्रो ब्याटिङ राम्रै भयो । तर प्रतियोगिता सुरुदेखि नै हाम्रो फिल्डिङ फितलो भइरहेको छ । बलिङ पनि ठिकै थियो । फिल्डरको प्रयासले मात्र बलिङ राम्रो देखिन्छ । फिल्डिरको प्रयास भएन भने बलिङ नराम्रो देखिन्छ । फिल्डरले अझै राम्रो गर्न सक्थे जस्तो लाग्छ, त्यस्तोमा हामी जित्न पनि सक्थ्यौं । हाम्रो फिल्डरहरूले कति पटक त क्याचको प्रयास पनि गरेका छैनन् ।

ब्याटिङमा हामीले १ सय ४० रनको लक्ष्य बनाएका थियौं । तर १ सय ४५ रन बनाउन सक्यौं । यत्रो समर्थक अगाडि खेलिरहेका छौं । समर्थकले यत्रो समर्थन देखाइरहनुभएको छ । ४ खेल हारिसकेको हामीलाई समर्थकबाट ठूलो समर्थन मिलिरहेको थियो । तर। हामीले कुनै विकेट लिन सकेनौं । यो आफैंमा लज्जाको विषय हो । एउटा बलरको हिसाबमा मलाई पनि आज एकदमै नराम्रो लागिरहेको छ । ब्याटिङमा केही गरेकी थिएँ, बलिङमा पनि केही गर्न चाहन्थें । त्यस्तो केही हुन सकेन् ।

फ्ल्याट विकेट नै थियो । यो विकेट स्पिन ट्र्याक हो । पेस बलरको बलमा रन बनिरहेको थियो, त्यही भएर म स्लो बल फालिरहेको थिएँ । उनीहरूको राम्रो भयो तर हाम्रो राम्रो भएन । हामीले डाइभिङ टेक्निकहरूमा ध्यान दिनुपर्छ । जो खेलाडीहरू जहाँ छन्, त्यहींका प्रशिक्षकसँग फिटनेसमा ध्यान दिनुपर्छ ।

फिटनेस भएपछि फिल्डिङ आफै सुधार भइहाल्छ । स्किलमा हामी नेदरल्यान्ड्समात्र नभएर थाइल्यान्डसरह नै छौं । तर, फिल्डिङमा यी दुई टोली धेरै राम्रा छन् । त्यही भएर उनीहरू म्याच पनि जित्छन् र वरीयतामा हामीभन्दा धेरै माथि छन् ।

मलाई यही कारण आफ्नै प्रदर्शनले पनि सन्तुष्टि दिन सकेको छैन । टिमले जित्यो भने मात्र आफ्नो व्यक्तिगत प्रदर्शन राम्रो लाग्छ । मैले ब्याटिङमा राम्रो गरे पनि बलिङमा खासै केही गर्न सकिनँ । अब म आफ्नो बलिङ पनि सुधार्छु । ब्याटिङ पनि अझै राम्रो गर्न सक्छु जस्तो लाग्छ । अन्तिम ओभरतिर म १–२ रनलाई गएको थिएँ, तर बाउन्ड्रीतिर जानुपर्थ्यो मैले । टिमभित्रको कुरा केही छैन, फिल्डिङले गर्दा नेपाल टिम पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...