मुख्य समाचार
न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गर्दै लिगकपको फाइनलमा प्रवेश
न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गर्दै लिगकपको फाइनलमा प्रवेश

— न्युकासल युनाइटेडले आर्सनललाई बुधबार सजिलै २–० ले पराजित गर्दै लिगकपको फाइनलमा प्रवेश गरेको छ । पछिल्ला तीन सिजनमा न्युकासल लिगकपको फाइनल पुगेको यो दोस्रो पल्ट हो ।


सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासललले ज्याकोब मर्फिको गोलले अग्रता लिएका थियो ।


त्यसपछि एन्थोनी गोरडोनले दोस्रो गोल थपे र दुई लेगको सेमिफाइनलमा न्युकासल समग्रमा ४–० ले अगाडि रह्यो । आर्सनलमाथि यो सिजन न्युकासलको यो तेस्रो जित हो । अब उसले फाइनलमा लिभरपुल अथवा टोटनहममध्ये एकको सामना गर्नेछ ।

अर्को सेमिफाइनलमा टोटनहम १–० ले अगाडि छ र बिहीबार एनफिल्डमा दोस्रो लेगको सेमिफाइनल हुँदैछ । एडी हाउको न्युकाससामु सन् १९६९ यता पहिलो ठूलो उपाधि जित्ने अवसर बनेको छ । सन् २०२३ को लिगकप फाइनलमा न्युकासल म्यानचेस्टर युनाइटेडसँग पराजित रहेको थियो ।

यस्तै न्युकासल सन् १९७४, १९९८ र १९९९ को एफएकप फाइनलमा पनि पराजित रहेको थियो । उसले सन् १९५५ मा अन्तिम पटक कुनै ठूलो उपाधि जितेको थियो र यो त्यस वर्षको एफएकप उपाधि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...