मुख्य समाचार
व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थाले
व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थाले

— पाँचखाल नगरपालिका–४ स्थित तामाघाटका भरत दनुवारले बारीको छेउमा काउलीको चाङ लगाएका छन् । व्यापारीले काउली नलिएपछि उनको बारीमा काटेको काउली कुहिन थालेको छ । लाखौं लगानी गरेको फसल सिजन सकिन लाग्दासमेत बिक्री नभएर कुहिन थालेपछि उनी बिखलबन्दमा छन् ।


‘खेतमै कुहाउनुभन्दा व्यापारीले जति भन्छन्, त्यतिमै दिन खोजेको,’ भरतले भने, ‘भाउ भएको बेला हारालुछ हुन्थ्यो, अहिले त कर गरेरै बोलाउनुपरेको छ ।’ व्यापारीलाई उनीहरूले तोकेकै मूल्यमा नदिए खेतमै कुहाउनुपर्ने अवस्था आएको भरतले सुनाए । ‘दुःख–मिहिनेत र लाखौं लगानी गरेको बाली खेर फाल्न पनि मनले मान्दैन,’ उनले भने ।


चार रोपनीमा दुई लाख खर्च गरेर लगाएको काउली राम्रै फलेको थियो । ‘चार लाखसम्मको बिक्री गर्न सकिन्छ कि भन्ने लागेको थियो,’ भरतले भने, ‘सोचेको जस्तो नहुने रहेछ, अहिले लगानी माटोमै मिल्छ कि भन्ने भएको छ ।’ अर्को बाली लगाउने बेला भइसक्दा पनि काउली बिक्री गर्न सकिएको र यसपालिको जस्तो बिक्री गर्ने दुःख कहिल्यै नभोगेको उनले बताए । यस वर्ष चार रोपनीबाट १६ हजार किलो काउली बिक्री गरिसकेका छन् । तर बिक्री भएको काउलीको मूल्य भने पाएका छैनन् ।

‘अहिलेसम्म चार सय झोला काउली व्यापारीलाई दिइसक्यौं, एक झोलामा ४० केजी काउली हुन्छ,’ भरतले भने, ‘व्यापारीले एक पैसा दिएको छैन, बिक्री भएपछि दिन्छु भनेको छ, बजारमा बिक्नै गाह्रो छ भन्छन् ।’ किलोको २० देखि २५ रुपैयाँसम्म काउली बेच्दा किसानलाई घाटा नहुने उनले बताए । ‘काउली बेच्न झोला र डोरी पनि आफैंले किन्नुपरेको छ, पैसा कहिले आउँछ थाहा छैन, घरव्यवहार कसरी चलाउने भन्ने भएको छ,’ भरतले भने ।

भारतबाट सस्तोमा आयात भइरहेकाले यहाँका किसानले तरकारीको भाउ नपाउनुको मुख्य कारण भएको भरतलाई लागेको छ । तामाघाट फाँटमा गोलभेंडा लगाउने समय भएकाले बेर्ना पनि तयार छ । तर किसानले गोलभेंडा रोप्ने खेतको काउली काट्न पाएका छैनन् । महिना दिनअघि नै काटेर बेचिसक्नुपर्ने काउलीको भाउ पाउने आसमा कुरोका किसान मूल्य झन् घट्न थालेपछि दोधारमा परेका छन् ।

पाँचखाल–४ का सीताराम दनुवारले महिना दिनअघि १०/१२ रुपैयाँमा बिक्री भइरहेका बेला पछि भाउ पाइने आसले कुरेर बसे । ‘लगनका बेला बजारमा माग बढ्ने, मूल्य पनि राम्रो पाइन्छ भन्ने सोचेका थियौं,’ उनले भने, ‘त्यस्तो भएन, झन् काउली सस्तियो, यहाँ त किसानले ३ देखि ५ रुपैयाँसम्ममा बेचिरहेका छन् ।’

कतिपय किसानले मजदुरकै खर्च नउठ्ने भएपछि बिक्री नै नगरेको सीतारामले जनाए । कतिपयले बिक्री भएअनुसार लिने गरी काउलीको मोल नै नगरी व्यापारीलाई दिएका छन् । ‘मूल्य कुर्दा खेतमै काउली कुहिने बेला भइसक्यो,’ उनले भने, ‘अर्कोतिर अर्को बाली लगाउन बितिसक्यो, गोलाभेंडाका बेर्ना तयार भइसके, किसानले तरकारी बेच्ने बेला सधैं यस्तै त हुने हो ।’




पाँचखालका किसानको तुलनामा पनौतीमा थोरै भए पनि मूल्य पाएका छन् । पनौती नगरपालिका–८ मल्पीका शशिकुमार महतले हालसालै १०–१२ रुपैयाँमा काउली बिक्री गरेका छन् । बजारमा माग नभएकाले पनि काउलीको मूल्य सस्तो भएको उनको अनुमान छ । ‘विगतको तुलनामा यो वर्ष धेरै नै सस्तो हो’, उनले भने, ‘यही सिजनमा पोहोर ३०–३५ मा बेचेको थिएँ, यति सस्तोमा बेच्दा किसानलाई त निकै घाटा हुन्छ ।’

तरकारीको सिजनअनुसार मूल्य निर्धारण नगरिँदा आफूहरूले सधैं मार खानुपरेको किसानको गुनासो छ । काउलीसँगै अन्य तरकारीको पनि उचित मूल्य नपाएको किसान बताउँछन् । यति बेला पाँचखालका फाँटैभरि किसान भेटिन्छन् । पाँचखाल–२ का राजाराम मिश्रले खेतबाटै ३५ रुपैयाँ किलोमा आलु बिक्री गरेका छन् ।

‘यो सिजनमा आलुको मूल्य कम्तीमा ४०–४५ हुनुपर्थ्यो,’ उनले भने, ‘यो भाउले त किसानलाई घाटा भइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक तरकारी खेती गर्दै आएकी पनौती–८ स्थित खरीबोटकी इन्दु श्रेष्ठले १६ रोपनीमा १५० वटा टनेल बनाएर गोलभेंडा खेती गरेकी छिन् । दुई/तीन सातायता गोलभेंडाको मूल्य घट्दा २४ किलोको क्रेट ४५० मा बेचिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने भएको छ। गभर्नर विश्वनाथ पौडेलले सोमबार आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने बताए। मौद्रिक नीतिले व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्वलाई व्यवस्थित गर्ने, चेक अनादरका कारण कालोसूचीमा पर्ने अवस्थालाई सहजीकरण गर्ने, रुग्ण उद्योगका निष्क्रिय कर्जाको ...
। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले ...
— वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को जेठसम्म प्रमुख दलहनको आयात उल्लेख्य रूपमा घटेको छ। मुसुरो, सिमी–राज्मा, रहर र अन्य गेडागुडीको आयात घट्दा केराउ र बकुल्लाको आयात भने बढेको देखिएको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आवको जेठसम्म ९ अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको मुसुरो, सिमी–राजमा, चना, अन्य गेडागुडी, रहर, केराउ र ...
। एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा २५ अर्बको ऋण सम्झाैता भएको छ । एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झाैता भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार ...
। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यो दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो । त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको कार्यालयको अनुमान छ । चालु आवको तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन ...