मुख्य समाचार
अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरे
अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरे

: अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बसोबास गर्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।


निष्कासनमा पर्नेमा गोपाल ठकुरी, राजकुमार रोका र राहुल थापा क्षेत्री रहेका छन्। उनीहरूलाई गत साता नेपाल फर्काइएको स्रोतले बताएको छ। गोपाल र राजकुमारलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो भने राहुललाई सिंगापुर एयरलायन्सबाट फर्काइएको हो।

स्रोतका अनुसार गोपाल र राजकुमार गैरकानुनी रूपमा अमेरिका बस्दै आएका थिए। पर्यटक भिसामा अमेरिका गएका राहुललाई भने लुकीछिपी बसेको आशंकामा पक्राउ गरी अमेरिकी अध्यागमनले नेपाल फर्काएको स्रोतको भनाइ छ।



अघिल्लो साता पनि तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो। गैरकानुनी रूपमा अमेरिका छिरेका यमप्रसाद तिवारी, घनश्याम खत्री र भुपाल विकलाई अमेरिकाले निष्कासन गरेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन्। उनले अमेरिकामा गैरकानुनी तरिकाबाट बसिरहेका आप्रवासीहरूलाई निसानसमेत साधिरहेका छन्। ट्रम्प प्रशासनले धमाधम त्यस्ता आप्रवासीहरूलाई पक्राउ गरी निष्कासन गरिरहेको छ। अफ्रिकीलगायत कतिपय देशका नागरिकहरूलाई अमेरिकी सेनाको जहाजाटै फिर्ता पठाइएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

माघको पहिलो साता पनि दुई नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेका शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासन गरेको थियो।

हालैमात्र प्रकाशित एक रिपोर्टअनुसार अमेरिकी अदालतले १ हजार ३ सय ६५ जना नेपालीहरूलाई देश छोड्न आदेश दिएको छ। नेपालको टीपीएस नवीकरण नभए उक्त संख्या ३ हजार पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एकै वर्षमा कम्बोडियाबाट चार सय नेपालीको उद्धार गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो ...
। मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको नयाँ मागपत्र प्रमाणीकरण प्रक्रियामा कडाइ गर्न थालेको छ । श्रमिकको सेवा–सुविधा सुनिश्चित गर्न रोजगारदाताले आवश्यक कागजात र विवरण स्पष्ट रूपमा पेस गरेपछि मात्र मागपत्र प्रमाणीकरण गर्न थालिएको दूतावासले जनाएको छ । मलेसियास्थित नेपाली दूतावासका काउन्सिलर (श्रम) कृष्णप्रसाद भुसालका अनुसार रोजगारदाताले नेपाली श्रमिकको राहदानीको अवस्था, बैंकमार्फत तलब भुक्तानी भएको पे–स्लिप, साप्ताहिक ...
— अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ । सरकारी तथ्यांकअनुुुसार नेपालबाट यहाँका शैक्षिक संस्थामा आवेदन दिएकामध्ये करिब ६४ प्रतिशत विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो । पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनोट प्रक्रियामा अझ कडाइ गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्यधिक ...
। दक्षिण–पूर्व एशियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ ...
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...