मुख्य समाचार
ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित
ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित गरेका छन्।


उनले पहिला मेक्सिको र त्यसलगत्तै क्यानडामा २५ प्रतिशत कर लगाउने आफ्नो योजना स्थगित गर्ने घोषणा गरेका हुन्। उनले मंगलबारदेखि ३० दिनसम्मका लागि उक्त निर्णयमा रोक लगाउने जनाएका हुन्।

क्यानडा र मेक्सिकोले सीमामा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी विरुद्ध कारबाही गर्ने वाचा गरेपछि अमेरिका यो निर्णयबाट पछि हटेको हो।



अमेरिकाले सबैभन्दा बढी व्यापार गर्ने देशहरू क्यानडा र मेक्सिको हुन्। ट्रम्पले कर लगाउने घोषणा गरेपछि दुवै देशले आफूले पनि अमेरिकामाथि कर लगाउने भनेका थिए।

क्यानडाले सीमापार फेन्टानिल लागूऔषधको तस्करी रोक्ने प्रयासहरूको निरीक्षण गर्न एक अधिकारी नियुक्त गर्ने बताएको छ। ट्रम्पसँग भएको सम्झौता अन्तर्गत मेक्सिको पनि आफ्ना १०,००० सैनिक सीमामा पठाउन सहमत भएको छ।

डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग फोनमा कुरा गरेका थिए।

ट्रुडोले सीमा सुरक्षा सम्बन्धी कामका लागि १.३ अर्ब क्यानेडियन डलर खर्च गर्ने वाचा गरेको ट्रम्पले बताएका छन्। त्यस्तै फेन्टानिल औषधिको बिक्रीमा प्रतिबन्ध लगाउने तथा त्यसको अनुगमन गर्न एक अधिकारी नियुक्त गर्ने जनाएका छन्।

चीनमा लगाइएको करको विषयमा भने आज दुई देशका प्रतिनिधिबीच छलफल हुने जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच आगामी २४ घन्टामा उक्त विषयमा छलफल हुन सक्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरोलाइन लेविटलले जनाएकी छन्।

ट्रम्पले केही दिनअघि चीनलाई १०% कर लगाउने निर्णय गरेका थिए। चीनले पनि उक्त निर्णयविरुद्ध कदम चाल्ने चेतावनी दिएको थियो।
बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...