मुख्य समाचार
ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित
ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित गरेका छन्।


उनले पहिला मेक्सिको र त्यसलगत्तै क्यानडामा २५ प्रतिशत कर लगाउने आफ्नो योजना स्थगित गर्ने घोषणा गरेका हुन्। उनले मंगलबारदेखि ३० दिनसम्मका लागि उक्त निर्णयमा रोक लगाउने जनाएका हुन्।

क्यानडा र मेक्सिकोले सीमामा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी विरुद्ध कारबाही गर्ने वाचा गरेपछि अमेरिका यो निर्णयबाट पछि हटेको हो।



अमेरिकाले सबैभन्दा बढी व्यापार गर्ने देशहरू क्यानडा र मेक्सिको हुन्। ट्रम्पले कर लगाउने घोषणा गरेपछि दुवै देशले आफूले पनि अमेरिकामाथि कर लगाउने भनेका थिए।

क्यानडाले सीमापार फेन्टानिल लागूऔषधको तस्करी रोक्ने प्रयासहरूको निरीक्षण गर्न एक अधिकारी नियुक्त गर्ने बताएको छ। ट्रम्पसँग भएको सम्झौता अन्तर्गत मेक्सिको पनि आफ्ना १०,००० सैनिक सीमामा पठाउन सहमत भएको छ।

डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग फोनमा कुरा गरेका थिए।

ट्रुडोले सीमा सुरक्षा सम्बन्धी कामका लागि १.३ अर्ब क्यानेडियन डलर खर्च गर्ने वाचा गरेको ट्रम्पले बताएका छन्। त्यस्तै फेन्टानिल औषधिको बिक्रीमा प्रतिबन्ध लगाउने तथा त्यसको अनुगमन गर्न एक अधिकारी नियुक्त गर्ने जनाएका छन्।

चीनमा लगाइएको करको विषयमा भने आज दुई देशका प्रतिनिधिबीच छलफल हुने जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच आगामी २४ घन्टामा उक्त विषयमा छलफल हुन सक्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरोलाइन लेविटलले जनाएकी छन्।

ट्रम्पले केही दिनअघि चीनलाई १०% कर लगाउने निर्णय गरेका थिए। चीनले पनि उक्त निर्णयविरुद्ध कदम चाल्ने चेतावनी दिएको थियो।
बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...