मुख्य समाचार
अमेरिकाबाट १०४ जना भारतीय निष्कासित, पञ्जाब आइपुग्यो अमेरिकी सैन्य विमान
अमेरिकाबाट १०४ जना भारतीय निष्कासित, पञ्जाब आइपुग्यो अमेरिकी सैन्य विमान

: अमेरिकाले एक सय बढी भारतीय नागरिकलाई निष्कासन गरेको छ। अमेरिकी सेनाको विमानबाट उनीहरूलाई भारतमै ल्याइपुर्‍याएको बीबीसीले जनाएको छ।


मंगलबार राति अमेरिकाको टेक्सासबाट उडेको उक्त विमान पञ्जाबको अमृतसरस्थित रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। गैरकानुनी तरिकाले अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरी भारत ल्याइपुर्‍याएको हो। एक तथ्यांकअनुसार अमेरिकामा करिब १८ हजार भारतीयहरू गैरकानुनी तरिकाले बसोबास गर्दै आएका छन्।

पञ्जाब सरकारले निष्कासनमा परेकारूलाई स्वागत गर्न छुट्टै डेस्कको स्थापना गरेको थियो। त्यहाँका अधिकारीहरूले निष्कासनमा परेका भारतीयहरूसँग मैत्रीपूर्ण व्यवहार गरेको जनाएको छ।



उक्त विमानमा १०४ जना भारतीय नागरिकहरू रहेको पञ्जाब सरकारले जानकारी दिएको छ। जसमा पञ्जाबसहित हरियाणा, चण्डीगढ, उत्तर प्रदेश, गुजराजलगायतका राज्यका नागरिकहरू रहेका छन्। उनीहरूलाई नियमित बसबाट सम्बन्धित जिल्लामा पठाइको प्रहरीले जानकारी दिएको छ।

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएसँगै आप्रवासी नीतिलाई कडाइ गरेका थिए। उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गरिरहेको छ। ठूलो संख्यामा रहेका आप्रवासीहरूलाई सैन्य विमानबाटै डीपोर्ट गर्ने गरिएको ट्रम्प प्रशासनले जानकारी दिएको छ।

गैरकानुनी तरिकाले अमेरिका बसोबास गर्ने भारतीय नागरिकहरू यसअघि पनि निष्कासनमा पर्दै आएका थिए। सन् २०२४ मा एक हजार बढी भारतीय नागरिकलाई अमेरिकाले निष्कासन गरेको थियो। उनीहरूलाई चार्टड र व्यवसायीक उडानबाट भारत पुर्‍याइएको अमेरिकी अध्यागमनले जानकारी दिएको छ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई)ले सन् २०१८ देखि २०२३ सम्म ५ हजार ४७७ जना भारतीय नागरिकलाई निष्कासन गरेको बीबीसीले जनाएको छ। अमेरिकामा गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीमध्ये भारत मेक्सिको र साल्भाडोरपछि तेस्रो ठूलो रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...