मुख्य समाचार
अमेरिकाबाट १०४ जना भारतीय निष्कासित, पञ्जाब आइपुग्यो अमेरिकी सैन्य विमान
अमेरिकाबाट १०४ जना भारतीय निष्कासित, पञ्जाब आइपुग्यो अमेरिकी सैन्य विमान

: अमेरिकाले एक सय बढी भारतीय नागरिकलाई निष्कासन गरेको छ। अमेरिकी सेनाको विमानबाट उनीहरूलाई भारतमै ल्याइपुर्‍याएको बीबीसीले जनाएको छ।


मंगलबार राति अमेरिकाको टेक्सासबाट उडेको उक्त विमान पञ्जाबको अमृतसरस्थित रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। गैरकानुनी तरिकाले अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरी भारत ल्याइपुर्‍याएको हो। एक तथ्यांकअनुसार अमेरिकामा करिब १८ हजार भारतीयहरू गैरकानुनी तरिकाले बसोबास गर्दै आएका छन्।

पञ्जाब सरकारले निष्कासनमा परेकारूलाई स्वागत गर्न छुट्टै डेस्कको स्थापना गरेको थियो। त्यहाँका अधिकारीहरूले निष्कासनमा परेका भारतीयहरूसँग मैत्रीपूर्ण व्यवहार गरेको जनाएको छ।



उक्त विमानमा १०४ जना भारतीय नागरिकहरू रहेको पञ्जाब सरकारले जानकारी दिएको छ। जसमा पञ्जाबसहित हरियाणा, चण्डीगढ, उत्तर प्रदेश, गुजराजलगायतका राज्यका नागरिकहरू रहेका छन्। उनीहरूलाई नियमित बसबाट सम्बन्धित जिल्लामा पठाइको प्रहरीले जानकारी दिएको छ।

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएसँगै आप्रवासी नीतिलाई कडाइ गरेका थिए। उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गरिरहेको छ। ठूलो संख्यामा रहेका आप्रवासीहरूलाई सैन्य विमानबाटै डीपोर्ट गर्ने गरिएको ट्रम्प प्रशासनले जानकारी दिएको छ।

गैरकानुनी तरिकाले अमेरिका बसोबास गर्ने भारतीय नागरिकहरू यसअघि पनि निष्कासनमा पर्दै आएका थिए। सन् २०२४ मा एक हजार बढी भारतीय नागरिकलाई अमेरिकाले निष्कासन गरेको थियो। उनीहरूलाई चार्टड र व्यवसायीक उडानबाट भारत पुर्‍याइएको अमेरिकी अध्यागमनले जानकारी दिएको छ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई)ले सन् २०१८ देखि २०२३ सम्म ५ हजार ४७७ जना भारतीय नागरिकलाई निष्कासन गरेको बीबीसीले जनाएको छ। अमेरिकामा गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीमध्ये भारत मेक्सिको र साल्भाडोरपछि तेस्रो ठूलो रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...