मुख्य समाचार
कुनैपनि सामाजिक सञ्जालहरू सरकारमा दर्ता नभए प्रतिबन्ध गर्ने चेतावनी
कुनैपनि सामाजिक सञ्जालहरू सरकारमा दर्ता नभए प्रतिबन्ध गर्ने चेतावनी

: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कुनैपनि सामाजिक सञ्जालहरू सरकारमा दर्ता नभए प्रतिबन्ध गर्ने चेतावनी दिएका छन्। उनले अहिले नेपालमा दर्ता भएर सञ्चालनमा टिकटक मात्रै रहेको सञ्चालन भएकाले मेटा(फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएपलगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताएका हुन्।


‘अहिले हामीसँग दर्ता भएको टिकटक मात्रै हो। हामीसँग पोइन्टअफ कन्ट्याक तोकेर बसेको उ मात्र छ। उसले काम गरिरहेको छ। मेटालाई हामीले बोलाइरहेका छौं। आउँछ आउँदैन हेर्न बाँकी छ गुगल होला,माइक्रोसफ्ट होला । यी यहाँ दर्ता भएर मात्र चलाउन पाउनुपर्छ। दर्ता भएपछि पोइन्टअफ कन्ट्याक तोक्न सक्नुपर्छ। कति बदमासी गरिरहेको हुन्छ, नत्र हामी समात्नै सक्दैनौं। हामीलाई स्वास्थ्यमा सहयोग गर, हाम्रो इन्डस्ट्रीमा सहयोग गर, गुड गभर्नेन्सलाई काम गर्न सहयोग गर, त्यो नगरिकन उनीहरूलाई चलाउन दिँदैनौं’ उनले भने।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गरिरहेको गुरुङको भनाइ छ। सामाजिक सञ्जाल नेपालमा चलाएबापत उनीहरुले पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने बताए। मन्त्री गुरुङले सरकारमा दर्ता हुन आउनेलाई सञ्चालनका लागि सरकारले सहज वातावरण मिलाउने बताए। देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने मन्त्री गुरुङको भनाई छ।



उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र नियमन गर्नुपर्ने आम नागरिककै मागअनुरुप सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको जानकारी गराए। मन्त्री गुरुङले भने,‘पहिलो माग टावर बनाइदिनुपर्‍यो भन्ने छ भने दोस्रो माग यो सोसल मिडियालाई रेगुलेट गर्दिनुपर्‍यो मन्त्रीज्यू भन्ने छ। यो मनपरी गर्ने, मनपरी भन्ने कुरा लोकतन्त्र होइन होला नि त भन्ने छ। त्यसैले हामीले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक हामीले पेस गरेका छौं। विरोध अलिअलि सुरु भएको छ। लोकतन्त्रमा विरोध त भइहाल्छ, छलफल त भइहाल्छ। हामीले समाचारको मिसिङ र बुलिङ गर्न पाइँदैन। यो ठूल अपराध हो।’

मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए। अराजकताले लोकतन्त्र बलियो नहुने उनले स्पष्ट पारे।

उनले अनलाइन मिडियालाई नियमन नभएकाले त्यसलाई नियन्त्रण आवश्यकता रहेको बताए। राष्ट्रिय एकता र धार्मिक सहिष्णुता भत्काइरहेकाले त्यसलाई नियन्त्रण लिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। जनताले पाइरहेको अधिकार खोस्न अध्यादेश नल्याइएको उनको भनाई छ। अध्यादेशमा केछ भन्ने भन्दा पनि अध्यादेश भन्नेबित्तिकै विरोध गर्नुपर्ने मानसिकता राजनीतिक दललाई रहेको बताए।

आइटी हबको व्यवस्थापन फस्टाउनका लागि पनि ऐन र कार्यविधि चाहिएको बताए। गुरुङले आईटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र चालु अधिवेशनमै पेस गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘अब हाम्रो चाँडै साथसाथै साइबर क्राइम कति धेरै बढिरहेको छ। गत महिनामात्रै साइबर क्राइमका माध्यमबाट कति करोड जनताको पैसा हिनामिना गरेका छन्। खाइदिए, फेलै पर्दैन मान्छेहरू। साइबर क्राइम नियन्त्रण गर्ने ऐन चाहियो हामीलाई। आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक हामीले ड्राफ्ट गरिसकेका छौँ। यही संसदमा पेस हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने गरी गरेको पछिल्लो परिपत्रप्रति विज्ञापन एजेन्सी र निजी सञ्चार क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको यो निर्णयले विगतका सरकारहरूले अघि सारेको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने अवधारणाको बर्खिलाप गरेको र यसले विज्ञापन उद्योगलाई नै धराशायी बनाउने संकेत देखिएको छ। यसै सन्दर्भमा नेपाल विज्ञापन संघका अध्यक्ष ...
: सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नेपाल प्रेस युनियनलगायत संस्थाहरूले उक्त निर्णयको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत सबै सरकारी निकाय, आयोग, सचिवालय तथा ...
। एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट ‘iOS 18.7.7’ सार्वजनिक गरेको छ। सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए तापनि डार्कस्वोर्ड (DarkSword) नामक मालवेयरको बढ्दो जोखिमका कारण कम्पनीले पुराना प्रयोगकर्ताका लागि यो ‘ब्याकपोर्ट’ अपडेट ल्याएको हो। यो सुरक्षा प्याच विशेष गरी आइफोन ...
— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरू भएको छ ...
। अमेरिकाको क्यालिफोर्निया राज्यको एक जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई एक युवतीलाई जानीजानी लत लगाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ । मेटा र युट्युबले आफ्ना प्लेटफर्मका जोखिमहरूबारे प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको र त्यसबाट प्रयोगकर्तालाई गम्भीर क्षति पुगेको ठहर गरेको हो । सीएनएनका अनुसार यो मुद्दा २० वर्षीया क्यालिफोर्नियाकी एक ...