मुख्य समाचार
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान पर्सामा सुरू
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान पर्सामा सुरू

: महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान पर्सामा सुरू भएको छ। मंगलबार पर्साको वीरगन्ज महानगरपालिका-१४ बहुअरीस्थित मदरसा तौहिदुल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अध्यनरत मुस्लिम समुदायका बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको हो।


स्वास्थ्य कार्यालय पर्साले मदरसामा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप अभियान सुभारम्भ कार्यमक्रमको उद्घाटनपनि गरे। त्यस अवसरमा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह,वडाध्यक्ष महबुब इलाहीलगायतको उपस्थिति थियो।

मंगलबारदेखि सुरु खोप अभियानअन्तर्गत पर्सा जिल्लामा ३८ हजार भन्दा बढी बालिका र किशोरीहरूलाई लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

उनका अनुसार,माघ २२ देखि सुरू भइ फागुन ६ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियान–२०८१ अन्तर्गत पर्सा जिल्लाका १४ वटै पालिकामा गरी ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीलाई खोप लगाइनेछ ।

उक्त अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीलाई एचपीभी खोप लगाइनेछ। पर्सामा एचपीभी खोप अभियान पर्सा दुई चरणमा सञ्चालन हुनेछ।

ठाकुरका अनुसार अभियानअन्तर्गत पहिलो चरणमा माघ २२ गतेदेखि वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा,पर्सागढी र पोखरिया नगरपालिका,पटेर्वा सुगौली ,जिराभवानी,सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरुलाई खोप लगाउन सुरू गरिएको छ । पहिलो चरणको अभियान माघ २८ गतेसम्म चल्ने छ।

यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म,बहुदरमाईनगरपालिका,पकाहा मैनपुर,कालिकामाई,धोबिनी,बिन्दवासिनी,छिपहरमाई र ठोरी गाउँपालिकामा लक्षित उमेर समूहका बालिका र किशोरीहरूलाई खोप लगाइने ठाकुरले जानकारी दिए ।

उनका अनुसार,जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा १६ हजार ९ सय ४७ जना बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाइनेछ ।

एचपीभी खोप अभियानअन्तर्गत जिल्लामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र स्थापना गरिएको उनले बताए । अभियानको अन्तिम दिन फागुन ६ गते खोप लगाउन छुटेका बालिका र किशोरीहरूका लागि जिल्लाका हरेक वडामा रहेका स्वास्थ्य संस्थामा खोपकेन्द्र स्थापना गरेर एचपीभी खोप लगाइने ठाकुरले बताए ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर औसतमा २ हजार १ सय ६९ जना महिलामा हुँदै आएकोमा तीमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनका मधेस प्रदेश प्रतिनिधि डाक्टर सुरेश शुक्लाले बताए । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक औसतमा चार जना महिलाको मृत्यु हुने गरेको जानकारी पनि उनले गराए।

शुक्लाका अनुसार,गत वर्ष वीरगन्जको नारायणी अस्पतालमा सञ्चालन गरिएको खोप केन्द्रबाट १ हजार ६ सय ८० जना बालिका र किशोरीहरुले एचपीभी खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...
। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल ...