मुख्य समाचार
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान पर्सामा सुरू
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान पर्सामा सुरू

: महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान पर्सामा सुरू भएको छ। मंगलबार पर्साको वीरगन्ज महानगरपालिका-१४ बहुअरीस्थित मदरसा तौहिदुल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अध्यनरत मुस्लिम समुदायका बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको हो।


स्वास्थ्य कार्यालय पर्साले मदरसामा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप अभियान सुभारम्भ कार्यमक्रमको उद्घाटनपनि गरे। त्यस अवसरमा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह,वडाध्यक्ष महबुब इलाहीलगायतको उपस्थिति थियो।

मंगलबारदेखि सुरु खोप अभियानअन्तर्गत पर्सा जिल्लामा ३८ हजार भन्दा बढी बालिका र किशोरीहरूलाई लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

उनका अनुसार,माघ २२ देखि सुरू भइ फागुन ६ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियान–२०८१ अन्तर्गत पर्सा जिल्लाका १४ वटै पालिकामा गरी ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीलाई खोप लगाइनेछ ।

उक्त अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीलाई एचपीभी खोप लगाइनेछ। पर्सामा एचपीभी खोप अभियान पर्सा दुई चरणमा सञ्चालन हुनेछ।

ठाकुरका अनुसार अभियानअन्तर्गत पहिलो चरणमा माघ २२ गतेदेखि वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा,पर्सागढी र पोखरिया नगरपालिका,पटेर्वा सुगौली ,जिराभवानी,सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरुलाई खोप लगाउन सुरू गरिएको छ । पहिलो चरणको अभियान माघ २८ गतेसम्म चल्ने छ।

यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म,बहुदरमाईनगरपालिका,पकाहा मैनपुर,कालिकामाई,धोबिनी,बिन्दवासिनी,छिपहरमाई र ठोरी गाउँपालिकामा लक्षित उमेर समूहका बालिका र किशोरीहरूलाई खोप लगाइने ठाकुरले जानकारी दिए ।

उनका अनुसार,जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा १६ हजार ९ सय ४७ जना बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाइनेछ ।

एचपीभी खोप अभियानअन्तर्गत जिल्लामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र स्थापना गरिएको उनले बताए । अभियानको अन्तिम दिन फागुन ६ गते खोप लगाउन छुटेका बालिका र किशोरीहरूका लागि जिल्लाका हरेक वडामा रहेका स्वास्थ्य संस्थामा खोपकेन्द्र स्थापना गरेर एचपीभी खोप लगाइने ठाकुरले बताए ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर औसतमा २ हजार १ सय ६९ जना महिलामा हुँदै आएकोमा तीमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनका मधेस प्रदेश प्रतिनिधि डाक्टर सुरेश शुक्लाले बताए । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक औसतमा चार जना महिलाको मृत्यु हुने गरेको जानकारी पनि उनले गराए।

शुक्लाका अनुसार,गत वर्ष वीरगन्जको नारायणी अस्पतालमा सञ्चालन गरिएको खोप केन्द्रबाट १ हजार ६ सय ८० जना बालिका र किशोरीहरुले एचपीभी खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...