मुख्य समाचार
नेपाल टेलिकमले टु जी सेवा बन्द गर्ने
नेपाल टेलिकमले टु जी सेवा बन्द गर्ने

— सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्याण्डमा सञ्चालन भइरहेको टु जी सेवा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले यसै आर्थिक वर्षभित्रमा टु जी सेवा बन्द गर्ने योजना रहेको जानकारी दिएको हो ।


मंगलबार टेलिकमको २१ औँ वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले टु जी सेवा बन्द गर्नेबारे जानकारी दिएकी थिइन् । टेलिकमले प्रविधि रूपान्तरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले फोर जीको विस्तारमा प्राथमिकता दिँदै टु जी सेवालाई विस्थापन गर्न लागेको हो ।


हालसम्म देशका ७७ जिल्लाका ७४४ स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा पुगिसकेको प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन् । कम्पनीले वायरलेस ब्रोडब्यान्ड सेवाको पहुँचलाई अझ विस्तार गर्दै आगामी दिनमा थप ३ सय ३३ वटा नयाँ ई नोड बी (बेस स्टेसन) निर्माणका लागि पूर्वाधार तयार गरिसकेको जनाएको छ । थप १२ सय यस्ता पूर्वाधार स्थापनाका लागि आवश्यक उपकरण खरिदको बोलपत्र अन्तिम चरणमा पुगेको पनि उल्लेख गरेको छ ।

प्रबन्ध निर्देशक पहाडीले फाइभ जी सेवा सञ्चालनका लागि उपयुक्त व्यवसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताइन् । 'भविष्यमा सरकारको निर्देशन बमोजिम फाइभ जी प्रविधि भित्र्याउने कम्पनीको योजना छ,' उनले भनिन् ।

हालसम्म नेपाल टेलिकमका इन्टरनेट तथा डेटा सेवाका प्रयोगकर्ताको संख्या २ करोड ११ लाखभन्दा बढी पुगेको कम्पनीले जानकारी दिएको छ । यसमध्ये २ करोड ७ लाख जीएसएम मोबाइल डेटा प्रयोगकर्ता रहेको र फोर जी सेवा प्रयोग गर्ने १ करोड ६४ लाख ग्राहक रहेको पनि कम्पनीले जनाएको छ । नेपाल टेलिकमको एफटीटीएच डेटा सेवाका प्रयोगकर्ता भने ३ लाख छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारगार पठाउन आदेश दिएको हो। थुनछेक बहसका लागि प्रहरीले अधिकारीलाई बिहीबार बिहान अदालत उपस्थित गराएको थियो। उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको अदालतका प्रवक्ता एवं सूचना अधिकारी टिकाध्वज कार्कीले अन्नपूर्णलाई जानकारी दिए। अधिकारी कार्कीले भने,'नख्खु कारागारमा ...
। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगसँगै यसको सञ्चालन खर्च तीव्र रूपमा बढेपछि पश्चिमा देशका ठूला प्रविधि कम्पनीहरू ठूलो वित्तीय दबाबमा पर्न थालेका छन्। प्रविधि पत्रकार एन्ड्रयु ओर्लोव्स्कीका अनुसार एआईको अत्यधिक प्रयोगका कारण इतिहासमै पहिलो पटक प्रविधि चलाउने खर्च र मानिसलाई दिइने तलब बराबर हुन थालेको छ। कम्पनीहरूले आफ्ना कर्मचारीलाई एआईको अनावश्यक प्रयोग नगर्न र ‘टोकन’ ...
— हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी गराएको छ । काठमाडौंमा हालै आयोजित ‘मिनी एमडब्लुसी २०२६’ कार्यक्रममा हुवावेले दूरसञ्चार नेटवर्कलाई थप स्थिर, प्रभावकारी र स्वचालित बनाउन एजेन्टिक कम्युनिकेसन नेटवर्क्स प्रभावकारी हुने उल्लेख गरेको थियो । कार्यक्रममा एआई र नयाँ पुस्ताको नेटवर्क प्रविधिबारे छलफल गरिएको कम्पनीले जनाएको छ । ...
। विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नो गुनासो तथा समस्या राख्ने सक्नेछन् । विभागका महानिर्देशक दुरपदा सापकोटाले ...
। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ । जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ । यसैगरी सुशील प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र ...