मुख्य समाचार
दुई जना भारतीय नागरिक र एक नेपाली भरुवा बन्दुकसहित पक्राउ
दुई जना भारतीय नागरिक र एक नेपाली भरुवा बन्दुकसहित पक्राउ

— कैलालीको धनगढीबाट दुई जना भारतीय नागरिक र एक नेपाली भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।


मंगलबार धनगढी उपमहानगरपालिका–१९ बाट भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले बताए । उनका अनुसार उनीहरुबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ ।


विशेष सूचनाको आधारमा जिल्ला, प्रदेश र संघीय प्रहरीको टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनमत पार्टीका अध्यक्ष सीके राउतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । राउत सप्तरी-बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ का सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा उजुरी परेको हो । यसलाई आधार मानेर ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् । बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप गलत भएको पत्र पठाएका छन् । ‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर बालबालिकालाई कुनैपनि काम अह्राएको छैन, फकाएर वा डरधम्की या ...
। नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् । मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहनुभएका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने ...
। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ । हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए । उनले भने, ‘हाल सबै प्रकारका ...
। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु-छोराबीचको झगडा रोक्न खोज्दा एक जनाको ज्यान गएको छ । दुप्चेश्वर-१ स्थित घ्यावरचौरका ३५ वर्षिय रणबहादुर तामाङको मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार तामाङ छिमेकी ५२ वर्षिय वाङ्दी शेर्पाको घरमा बिरामीको झारफुक गर्न गएका थिए । त्यही समयमा वाङ्दी र उनका २५ वर्षका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम