मुख्य समाचार
लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाए
लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाए

: झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन्।


झापाको कन्काई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए। प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।

कनकाईमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए।



त्यस क्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले गोली चलाएको थियो। तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। एक जनाको खुट्टामा दुई गोली लागेको छ। दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन्। एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको एसपी केसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । केही समयअघि सरकारले डोजर चलाएर हजारौँ परिवारलाई उनीहरू बसिरहेको ठाउँबाट जबरजस्ती हटाएको थियो । बस्ने अर्को ठाउँ र कमाइ ...
। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ । बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए । ‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ । विपद् अन्य व्यक्तिजस्तै हामीलाई ...
। संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ ...
। काठमाडौंको शोभाभगवतीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।